• Sun. Jun 22nd, 2025

स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण

BySaptahik Samachar

१७ माघ २०७८, सोमबार २०:४० १७ माघ २०७८, सोमबार २०:४० १७ माघ २०७८, सोमबार २०:४०

भद्रपुर १७, माघ। झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल प्रदान गरिएको छ। दूरदराजका गाउँ–वस्तीमा पुगेर स्वास्थ्य सेवा पुर्‍याउँदै आएका स्वास्थ्य स्वयंसेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको हो।
पैदल हिँडेरै घर घरमा पुगेर स्वास्थ्य सेवा पुर्‍याउने स्वयंसेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले नयाँ साइकल वितरण गरेको हो ।गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्‍याएर हाल अवकाश भएका सात जनासमेत ६८ जनालाई एक संक्षिप्त कार्यक्रमका बीच साइकल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष अन्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, योजना शाखा प्रमुख केशव मैनालीलगायतले स्वयंसेविकाहरुलाई साइकल हस्तान्तरण गरेका थिए । गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम्सेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।योजना शाखा प्रमुख मैनालीका अनुसार साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको छ।
सोही कार्यक्रमका बीच सेवाबाट अवकाश पाएका सातजना स्वयंसेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद पारितोषिकसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट महेशचन्द्र नेपालले गर्नुभएको थियो ।

55 thoughts on “स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण”
  1. I am extremely inspired together with your writing abilities and also with the format
    on your weblog. Is that this a paid subject matter or did you customize it your self?
    Anyway keep up the nice high quality writing, it’s uncommon to
    peer a great blog like this one these days.
    Stan Store!

  2. В этом информативном обзоре собраны самые интересные статистические данные и факты, которые помогут лучше понять текущие тренды. Мы представим вам цифры и графики, которые иллюстрируют, как развиваются различные сферы жизни. Эта информация станет отличной основой для глубокого анализа и принятия обоснованных решений.
    Выяснить больше – https://medalkoblog.ru/

Leave a Reply to social-accounts-marketplace.live_swile Cancel reply

Your email address will not be published. Required fields are marked *