• Wed. Jun 25th, 2025

स्थापना दिवसमा विविध कार्यक्रमः अपाङ्गता भएकाहरूलाई सहयोग

BySaptahik Samachar

१४ आश्विन २०७९, शुक्रबार ०६:०० १४ आश्विन २०७९, शुक्रबार ०६:०० १४ आश्विन २०७९, शुक्रबार ०६:००

भद्रपुर / नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशन इकाइ समिति भद्रपुर झापाको ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ। हिजो बिहान भद्रेश्वर शिवपान्चायन मन्दिर र समितिको कार्यालय सरसफाइ गरी शुरू गरिएको कार्यक्रम दिउँसो शुभकामना आदान प्रदान तथा सम्मान र सहयोग वितरण सहित स्थापना दिवस सम्पन्न गरिएको हो।
नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशन इकाई समिति भद्रपुरका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षता र नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशन केन्द्रीय समितिका उपाध्यक्ष युबराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अग्रज लेखापढी ब्यवसायी रेवतीप्रसाद भट्टराई, मालपोत कार्यालय भद्रपुरका ना. सु. नारायणप्रसाद बराल र नापी कार्यालयका कार्यालय सहयोगी डम्बरबहादुर बुडाथोकीलाई सम्मान गरिएको थियो /बिशिष्ट अतिथि भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख योगेन्द्रप्रसाद दुलाल रहनुभएको कार्यक्रममा अतिथिहरु पूर्व केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम अधिकारी,पूर्व केन्द्रीय सदस्यद्वय रमेश पोखरेल र दिनानाथ उप्रेती,पूर्ब अध्यक्ष महेश नेउपाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो। स्वागत मन्तब्य उपाध्यक्ष निरोज पोखरेलले गर्नु भएको कार्यक्रमको संचालन सचिब लावण्यकुमार पोखरेलले गर्नु भएको थियो।

एसोसिएशन इकाई समितिको स्थापना दिवसको अवसरमा विहीबार नै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका सहाराविहीन अपाङ्गता भएकाहरुलागि दशैँ मनाउनका लागि १० हजार मूल्य वरावरको खाद्यान्न उपलव्ध गराइएको छ । एशोसिएशनका सदस्यद्वय मुरारी न्यौपाने र प्रकाश निरौलावाट जनही प्राप्त रु.५/५ हजार गरी रु.१० हजार नगद र सो बरावरकै खाद्यान्न समेत संस्थाका सभापति ऋषि चापागाईलाई  हस्तान्तरण गरिएको हो। 
एसोसिएशनका अध्यक्ष भट्टराईले यस प्रकारको सहयोग  आगामी दिनमा पनि निरन्तर रहने बताउँदै भौतिक संरचना निर्माण तथा मर्मतमा समेत  सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साँझमा भद्रेश्वर शिवपान्चायन मन्दिर र कार्यालयमा दिप प्रज्ज्वलन गरिएको लेखापढी कानुन व्यवसायी एसोसिएशनले जनाएको छ।

75 thoughts on “स्थापना दिवसमा विविध कार्यक्रमः अपाङ्गता भएकाहरूलाई सहयोग”
  1. Этот информативный текст выделяется своими захватывающими аспектами, которые делают сложные темы доступными и понятными. Мы стремимся предложить читателям глубину знаний вместе с разнообразием интересных фактов. Откройте новые горизонты и развивайте свои способности познавать мир!
    Получить дополнительную информацию – https://medalkoblog.ru/

Leave a Reply to RodneyGuepE Cancel reply

Your email address will not be published. Required fields are marked *