• Sun. Sep 8th, 2024

सेन्ट कुजुरमा तयारी कपडा वितरण

BySaptahik Samachar

१६ मंसिर २०७९, शुक्रबार १८:०४ १६ मंसिर २०७९, शुक्रबार १८:०४ १६ मंसिर २०७९, शुक्रबार १८:०४

  • राजु बरालबाट/भद्रपुर १६, मङ्सिर

झापाको भद्रपुर १० स्थित सेन्ट कुजुर एकाडेमी युवा रेडक्रस सर्कलको आयोजनामा बिपन्न बर्गका बिध्यार्थी र अभिभावकलाई निशुल्क तयारी कपडा वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी , भद्रपुर उपशाखाको सहयोगमा सेन्ट कुजुर एकाडेमी , जीवन ज्योति आधारभुत बिध्यालय र शुक्रराज आधारभुत बिध्यालयका बिपन्न बर्गका बिध्यार्थी र अभिभावकलाई तयारी कपडा वितरण गरिएको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा ६५ जना बिध्यार्थी र अभिभावकलाई तयारी लत्ताकपडा वितरण गरिएको थियो ।

 भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल , उपप्रमुख राधा कार्की , वडा न. १० का सदस्य दुर्गा दाहाल , चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहकी सचिव पार्वती मल्ल , चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष बाबुराम पराजुली , नेपाल बहुद्देश्यीय सहकारी संस्थाका युवराज ढकाल र सामाजिक अभियन्ता शिवकुमार राजभन्डारीले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी , भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । 

सेन्ट कुजुर एकाडेमी युवा रेडक्रस सर्कलका अध्यक्ष निकिता राजबन्शीको अध्यक्षता र  ममता कार्कीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन शिक्षक राजु बरालले गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयका छात्राले नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।

28 thoughts on “सेन्ट कुजुरमा तयारी कपडा वितरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *