• Sun. Jun 1st, 2025

सुश्री मोनिका सिंघलद्वारा भद्रपुरमा आध्यात्मिक शिविर

BySaptahik Samachar

३ पुष २०८१, बुधबार ०७:२४ ३ पुष २०८१, बुधबार ०७:२४ ३ पुष २०८१, बुधबार ०७:२४

भद्रपुर ३, पुस / हरेक मानिसको मुहारमा हाँसो र खुशी ल्याउने सूत्र र ज्ञान बाँड्दै देश-देशावरको यात्रामा निस्कनुभएकी ‘हरिओम् स्माइल्स-Hari Om Smiles’की संस्थापक सुश्री मोनिका सिंघलद्वारा झापाको भद्रपुरस्थित सिटी गार्डेनमा मंगलवार एक दिने ‘हरिओम स्माइल’ शिविर सम्पन्न भएको छ ।
‘ ईश्वरको हरेक सिर्जना अद्भूत छ, कुनै पनि काम कसैका लागि असम्भव छैन,मात्र आफूले आफैंलाई विश्वास गर्नु पर्दछ’ भनेर आध्यात्मिक विचार र व्यवहार प्रस्तुत गर्दै उहाँले भारतका अनेकौं शहरमा अपार आध्यात्मिक ज्ञान मार्फत डेढ लाखभन्दा बढी मानिसको समस्या निराकरण गरिसक्नु भएको छ।

भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी महिला मंच,भद्रपुर मारवाडी युवा मञ्चले संयुक्त रुपमा आध्यात्मिक सम्मिलन कार्यक्रम आयोजन गरेर मोनिका सिंघल मार्फत उत्प्रेरणा भर्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजन गरिएको कार्यक्रम संयोजनकर्ता मध्येका एक सुरेश मित्तलले जानकारी दिनुभयो।

सर्वे भवन्तु सुखिनको महामन्त्रलाई जीवनमा उतार्नुछ, कोही पनि मानिस तनबाट र मनबाट अपाङ्ग छैन,खुशी आफैभित्र छ र आफ्ना समस्याहरूलाई मुस्कान-ध्यान (Smiles Meditation)को अवधारणामा आधारित रहेर आफैले समाधान गर्न सकिने उपचार-शक्ति (Healing Power) को प्रयोग गर्दै सहभागीहरूबीच प्रवचन राख्दै अभ्यास समेत गराइएको सो
आध्यात्मिक सम्मिलनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो।
शिविरमा भद्रपुर मारवाडी महिला मंचकी अध्यक्ष अर्चना मित्तलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा अजय साहेवालाले शब्द गुच्छाद्वारा स्वागत गर्नुभएको थियो ।
शिविरमा भद्रपुर नगरक्षेत्रका उद्योगी, व्यापारी, जनप्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत भारतीय नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको उद्योगी तथा कार्यक्रमका संयोजनकर्ता सुरेश मित्तलले जानकारी दिनुभयो ।

112 thoughts on “सुश्री मोनिका सिंघलद्वारा भद्रपुरमा आध्यात्मिक शिविर”
  1. Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
    Мы предлагаем:сервисные центры по ремонту техники в мск
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

  2. Предлагаем услуги профессиональных инженеров офицальной мастерской.
    Еслли вы искали ремонт холодильников gorenje адреса, можете посмотреть на сайте: ремонт холодильников gorenje
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

Leave a Reply to kupit-akkaunty-market.xyz_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *