• Fri. Dec 5th, 2025

सुशील अग्रवाल कोशी प्रदेश अध्यक्ष, बंशल मोरङ जिल्ला अध्यक्ष निर्वाचित

BySaptahik Samachar

१७ मंसिर २०८२, मंगलवार २०:२७ १७ मंसिर २०८२, मंगलवार २०:२७ १७ मंसिर २०८२, मंगलवार २०:२७

गोपाल गिरी, भद्रपुर

भद्रपुर १५, मङ्सिर / नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एसोसिएसनको कोशी प्रदेश समितिको अध्यक्षमा सीए सुशीलकुमार अग्रवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
उक्त समितिको सचिवमा गुलशन शर्मा र कोषाध्यक्षमा श्रीप्रसाद निरौला निर्वाचित हुनु भएको छ भने रूपा सिञ्च्याँची र मनिष श्रेष्ठ समितिको सदस्यमा चयन हुनुभएको  छ।
   त्यस्तै,नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एसोसिएसनको मोरङ जिल्ला अध्यक्षमा सीए अश्विनी बंशल निर्वाचित हुनुभएको छ । यसअघि बंशल सोही एसोसिएसनको विराटनगर च्याप्टर अध्यक्ष हुनुहुन्थ्यो।
मोरङ जिल्लाको उपाध्यक्षमा अनन्त काफ्ले, सचिवमा रोशन कुमार यादवकोषाध्यक्षमा युवराज उप्रेती निर्वाचित हुँदा सदस्यमा सञ्जय बंशल, किञ्जल पोखरेल, दिवाकर अग्रवाल र अंकित राय चयन हुनुभएको छ ।
   मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल , इनल्यान्ड रेवेन्यू अफिस विराटनगरका प्रमुख कर अधिकृत केशवराज उप्रेती, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एसोसिएसनका केन्द्रीय अध्यक्ष अनुप नेपाल, र कोशी प्रदेश समितिका निर्वतमान अध्यक्ष तिर्थ प्रसाद यादवले नव–निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।
कार्यक्रमका क्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स एसोसिएसनका झापा र सुनसरी जिल्ला समितिका निर्वाचित पदाधिकारी र सदस्यहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।
सोमबार विराटनगरमा कोशी प्रदेश समितिले आयोजना गरेको इन्स्टलेसन सेरेमनी (प्रतिष्ठापन समारोह) मा नव–निर्वाचित पदाधिकारीहरूको स्थापना तथा प्रमाणपत्र वितरण सम्पन्न गरिएको हो।
कार्यक्रममा कोशी प्रदेश उद्योग संघका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, मोरङ उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठी, र महासंघ (FNCCI) को कोशी प्रदेश समितिका कोषाध्यक्ष सुबास आचार्यको उपस्थिति थियो।

8 thoughts on “सुशील अग्रवाल कोशी प्रदेश अध्यक्ष, बंशल मोरङ जिल्ला अध्यक्ष निर्वाचित”
  1. “QQ88 – Sân chơi cá cược đẳng cấp châu Á, bảo mật cao, nạp rút nhanh 24/7. Hàng trăm game hấp dẫn từ casino, nổ hũ, đá gà đến thể thao đang chờ bạn khám phá.”

  2. We stumbled over here different website and thought I
    might check things out. I like what I see so now i’m following you.
    Look forward to going over your web page yet again.

Leave a Reply to ấu dâm Cancel reply

Your email address will not be published. Required fields are marked *