• Sun. Nov 23rd, 2025

सुवन्त नेतृत्वको रासविस. वैध भएको दाबी

BySaptahik Samachar

१५ चैत्र २०८०, बिहीबार ०५:२८ १५ चैत्र २०८०, बिहीबार ०५:२८ १५ चैत्र २०८०, बिहीबार ०५:२८

भद्रपुर ,१४ चैत / सुवन्तकुमार राजवंशी अध्यक्ष रहेको राजवंशी समाज विकास समितिले आफूहरू आधिकारिक भएको दावी गरेको छ ।
वुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रशासन कार्यालय झापाले आफूहरू संलग्न संस्थाको रासविसलाई नवीकरण गरेकोले आफूहरुनै आधिकारिक भएको उत्तमकुमार राजवंशी अध्यक्ष रहेका रासविस झापाले दाबी गरेको हो।

सुवन्तकुमार राजवंशी अध्यक्ष रहेको समितिलाई चैत १३ गते प्रशासनले नवीकरण गरेपछि आफूहरुको समिति आधिकारिक भएको झापा जिल्ला समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशीले हिजो पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयो ।
‘सबै कागजात पूरा गरेर झापा जिल्ला प्रशासनमा संस्था नवीकरण गरेका छौं’, उहाँले भन्नुभयो, ‘यसले हामीले नै आधिकारिक भएको पुष्टि भएको छ ।’ समाजको नाममा कोही कसैले कुनै पनि गतिविधि र कागजात दुरुपयोग नगर्न पनि अध्यक्ष राजवंशीले आग्रह गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा राजवंशी समुदायको हितमा काम गर्न चाहने जोकोहीले पनि समाजसँग आबद्ध भएर गतिविधि गर्न सक्ने बताउँदै मोरङ जिल्ला सचिव रुपेश राजवंशीले भन्नुभयो ” व्यक्तिगत फाइदाका लागि समाजलाई विभाजन गर्ने चेष्टा नगरेमात्रै समाजको हित हुन्छ।
उहाँले सरकारी निकायले आधिकारिक व्यक्ति छुट्याइसकेकाले अब उप्रान्त समाजको नाम भजाएर गतिविधि गर्नेलाई छुट दिन नहुने उहाँको धारणा थियो । समिति सबै राजवंशी समुदायको साझा भएकाले यसको संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा समितिका केन्द्रीय सल्लाहकार दलसिंह राजवंशी, केन्द्रीय सचिव लखनलाल राजवंशी, बिर्तामोड नगर अध्यक्ष सिरकलाल राजवंशी, बिर्तामोड सह–सचिव झलकसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा अध्यक्ष राजवंशीले यसवर्षको सिरूवा पावनीमा तीन दिनै भव्यताका साथ विभिन्न कार्यक्रम गरी सम्पन्न गर्ने तयारी भएको पनि जानकारी दिनुभयो।उहाँले भन्नुभयो बैशाख एक गते जल सिरूवाको दिन मुक्ति चोकबाट र्‍ यालीसहित बारदशीमा पुगेर कार्यक्रममा सहभागी हुने र अन्तिम दिन विर्तामोडको सैनिक मोडमा वृहत् सांस्कृतिक कार्यक्रम गर्ने तयारी रहेको जानकारी दिनुभयो।

14 thoughts on “सुवन्त नेतृत्वको रासविस. वैध भएको दाबी”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply to Trusted Ankara Escort Cancel reply

Your email address will not be published. Required fields are marked *