• Thu. Aug 7th, 2025

सिद्धार्थ बैंकद्वारा अपाङ्ग संघ र गुरुकुलमा सहयोग

BySaptahik Samachar

१६ असार २०८२, सोमबार १९:१० १६ असार २०८२, सोमबार १९:१० १६ असार २०८२, सोमबार १९:१०

अपाङ्ग संघलाई ब्याट्रीसहित इन्भर्टर

भद्रपुर १६,असार/ नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा जिल्ला शाखालाई सिद्धार्थ बैंकले ब्याट्रीसहित इन्भर्टर प्रदान गरेको छ। अपाङ्ग संघद्वारा सञ्चालित पुनःस्थापना गृहका लागि सिद्धार्थ बैंक चन्द्रगढीले इन्भर्टर तथा ब्याट्री सहयोग स्वरुप प्रदान गरेको हो ।
पुनर्स्थापना केन्द्रमा रहेका अपाङ्गता भएकाहरूलाई बिद्युत अवरुद्ध हुँदाको अवस्थामा पनि सहजता होस् भन्ना खातिर सामाजिक उत्तरदायित्व अन्तर्गत ब्याट्री सहित इन्भर्टर प्रदान गरिएको सिद्धार्थ बैंकका चन्द्रगढी शाखा प्रमुख सन्जय मिश्रले बताउनु भयो। उहाँले सो सामान नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाका पदाधिकारी-सदस्यहरूको उपस्थितिमा कार्यवाहक सभापति पवन श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो। त्यस अवसरमा नेपाल अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ र झापा जिल्ला सदस्य तोया गड्तौलाले धन्यवाद मन्तव्य राख्नु भएको अपाङ्गता पुनर्स्थापना गृहका इन्चार्ज केदार महतले जानकारी दिनुभयो ।

गुरुकुलमा ५० हजारको चेक

सिद्धार्थ बैंकले भद्रपुर-६ स्थित श्री कृष्ण द्वैपायन गुरुकुल बेद बिद्याश्रममा अध्ययनरत बटुकहरूको लागि डेक्स-बेन्च निर्माण खातिर ५० हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेको जनाइएको छ।

3 thoughts on “सिद्धार्थ बैंकद्वारा अपाङ्ग संघ र गुरुकुलमा सहयोग”
  1. Searching for trusted roof installation in Lancaster? Roof Installation Pros provides expert services across all roofing styles. Their experienced team guarantees strong, lasting installations that enhance your home’s protection and market value. Excellent service, always on time and within budget.

Leave a Reply to Roof Installation Lancaster, PA Cancel reply

Your email address will not be published. Required fields are marked *