विराटनगर। सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल स्रोत नखुलेको पैसा भेटिएको आरोपमा राजस्व अनुसन्धान विभागमा प्रारम्भिक चरणको बयान दिएर फर्किनु भएको छ।
विराटनगरबाट सौर्य एयरलाइन्समै कार्यरत रेसा शाक्य पोखरेलबाट ५० लाख रुपैयाँ बरामद भएपछि अध्यक्ष पोखरेल छानबिनमा तानिनु भएको हो। रेसासहित सौर्यका तीन जना कर्मचारी पक्राउ परेपछि अध्यक्ष पोखरेलले सौर्यकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको दाबी गर्दै कर्मचारी छाड्न आग्रहसहित पत्र पठाउनुभएको थियो।
त्यही पत्रका आधारमा पोखरेलले बिहीबार विभागमा मौखिक बयान समेत दिइसक्नु भएको छ भने ५० लाख थप धरौटी राखेर कर्मचारीलाई छुटाउनु भएको छ।
यसरी ठूलो रकम चलखेल गर्ने पोखरेलको आर्थिक हैसियत छोटो समयमा माथि पुगेको विभागले प्रारम्भिक रूपमा तयार पारेको प्रतिवेदनमा छ। २०४९ मा झापाको चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा मुखिया पदमा जागिर खाएका पोखरेल त्यो बेला भद्रपुर नगरपालिका-७ जागृतिनगरमा हेमराज पोखरेलको घरमा डेरा बस्नुहुन्थ्यो । फाइल बढुवा भएर खरदार भएपछि झापाबाटै जागिर छाडेका दीपकले १० वर्षअघि नै भद्रपुरमा करोडको हाराहारीमा घर किनेर त्यसलाई परिमार्जित गर्दै ठूलो कम्पाउन्ड सहितको बंग्लो बनाउनु भएको छ। उहाँ,भद्रपुरमा रहेको ऊँ साई पाथीभरा अस्पतालका सञ्चालक अध्यक्ष हुनुहुन्छ भने झापामा चिया बगान पनि सन्चालनमा छ।
हाल काठमाडौंमा परिवार सहित र बुवा आमा झापा भद्रपुरको घरमा बस्नु हुने पोखरेलको राजधानी काठमाडौंबाट देशका विभिन्न शहरमा सौर्य एयरलाइन्स त चलिरहेकै छ। काठमाडौंमै उहाँको आलिसान महल पनि ठडिइसकेको छ। अहिले उहाँ अर्बपति हुनुहुन्छ ।
जिल्ला प्रशासनमा काम गर्दा नै उहाँको आर्थिक हैसियत चुलिन थालेको थियो । भूटानी शरणार्थीलाई नागरिकता बाँडेको अपुष्ट आरोप लागिरहेकै बेला रक्तचन्दनको लाइन खुल्यो र त्यस कारोबारमा उहाँलाई चिट्ठा पर्यो। त्यो बेलामा रक्तचन्दनको ओसारपसार ह्वात्तै बढ्यो।
त्यसको प्रत्यक्ष र परोक्ष लाभ लिनेमा उहाँ अग्रणी हुनुहुन्थ्यो।
त्यही बेलामा सुपारीको व्यापारमा पोखरेल जोडिन पुग्नु भयो। सुपारीमा पोखरेलको कनेक्सन पनि रोचक छ। इन्डोनेसियाबाट आयात गरिएको सुपारी ६० को दशकको सुरुआतमा भारततिर संगठित रूपमा चोरी निकासी गरिन्थ्यो। त्यही बेला सुपारीका क्यारियरहरूले आफ्नो क्यारिङ चार्ज ह्वात्तै बढाए।
‘क्यारियरहरू सुपारी भारततर्फ पार गरेको चार्ज प्रतिकिलो १० रुपैयाँका हिसाबले लिन्थे,’ एक पैठारीकर्ताका अनुसार ‘तर सुपारीमा हुने आकर्षक नाफा थाहा पाएपछि क्यारियरहरूले प्रतिकिलोको क्यारिङ चार्ज १० बाट बढाएर एकै चोटि ४० रुपैयाँ पुर्याए। यसपछि पैठारीकर्ताहरूले अर्को बाटो पक्रिए। त्यो बाटो थियो, इन्डोनेसियाबाट आयातीत सुपारीलाई नेपाली उत्पादन भन्ने कागज बनाएर आधिकारिक रूपमा भारत निकासी गर्नु।’
सुपारीका आयातकर्ता अधिकांश मारवाडी समुदायका थिए। उनीहरू झापाका प्रदीप मित्तल, तायल र गोविन्द सरिया तथा विराटनगरका दिनेश राठी लगायत थिए। उनीहरूलाई आफ्नो निकासीको उद्देश्य पूरा गर्न प्रहरी-प्रशासन, राजनीतिक दल, डन, पत्रकार आदि सबैसित राम्रो सम्बन्ध भएको र सम्बन्ध राख्न पनि सक्ने पहाडे मूलको चल्ताफिर्ता युवक चाहिएको थियो। यस्तो व्यक्ति खोज्दै जाँदा आयातकर्ताले फेला पारेका युवक थिए, दीपक पोखरेललाई।
आयातकर्ताले पोखरेललाई सुपारी निकासीको आकर्षक योजना सुनाएपछि उहाँ आफ्ना केही सहकर्मी सहित सुपारी व्यवसायमा लम्किनु भयो। यस्का लागि झापाका केही उद्योगी व्यवसायीसंगै कानुनी बाटोका लागि विराटनगर-३ का वाणिज्य कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद भण्डारी सहयोगी बन्न पुगे। पोखरेलको पहिलेदेखि भण्डारीसित चिनजान थियो।
उनै भण्डारीले दीपकलाई सुपारी खेती विकास समिति दर्ता गर्न र आयातीत सुपारीको उत्पत्तिको प्रमाणपत्र बनाएर सोही समितिका नाममा भारत निर्यात गर्ने बाटो देखाइदिए। भण्डारीको स्कुलिङले काम गर्यो। पोखरेलको प्रगति चामत्कारिक रूपमा हुन थाल्यो।
त्यसपछि उहाँ र उहाँ लगायतको टीम आफै आयातकर्ता र आफै निर्यातकर्ता भएर झापामा सुपारी व्यवसायलाई वैध गराउने अनेक प्रपञ्च भए। त्यही वीचमा भण्डारीलाई झापामा घरेलु तथा साना उद्योग कार्यालयको प्रमुखका रूपमा पुर्याउन सुपारी सरगनाह टोली सफल भयो। झापामा सुपारीका भरिया- तस्कर र प्रहरीवीच रकम कलमकै मोलमोलाइ नमिल्दा दिनहुँ जसो लफडा भएका समाचार त्यही वैध अवैध खेलोको परिणाम थियो।पक्राउ पर्थे भरिया मोज गर्थे ठालु।
एक समूहले झापाको उत्पादन भन्दै तेस्रो मुलुकबाट आयात भएकाे सुपारी पठाउन थाले पछि अर्को पक्षले बार्गेनिङ र विवाद थाल्यो। त्यो बेलाको झापामा प्रहरी, प्रशासन, केही नेता, केही पत्रकार र डन सवै सुपारीको हिस्सा खान्थे।
पछि इन्डोनेसियाको सुपारीलाई नेपालको उत्पादन भनेर निर्यात गरिएको विषयलाई अख्तियारले पनि गम्भीरताका साथ हेर्यो र निकासी बन्द गर्न निर्देशन दियो।अख्तियार प्रमुखमा लोकमानसिंह कार्की आएपछि सुपारी आयात खोले।त्यस पछि भने पोखरेलसंग सामीप्य राखेर सुपारीको लाइन मिलाउने एउटा समूह पोखरेलबाट अलग्गियो। त्यसपछि उहाँले अझ सशक्त ढंगले र मनमौजी व्यवसाय गर्न राजधानीमा बसेर पदीय दुरुपयोग गर्नेहरूलाई आकर्षित गर्दै फायदा लिन पल्केकासंग नजिकिएर कारोबार बढाउँदै हैसियत उचो बनाउन जुटिरहनु भयो।
कालो धनलाई सेतोमा रूपान्तरित गर्न सिपालु र लोभीपापीहरूको कमजोरीलाई राम्ररी पहिचान गर्न सफल पोखरेलको राजनीतिक पहुँच र प्रशासनिक तहको हैसियत उच्च हुनु अवैध आर्जनको हिस्सा तत् तत् निकायसम्म पुर्याएकै कारण भएको उहाँका पुराना सहकर्मी बताउँछन्।
पटक/पटकको विवादपछि सुपारी आयात रोकिने र खुल्ने भइरहन्थियो। गत वर्ष केपी शर्मा ओली सरकारको पालामा परिमाणात्मक बन्देज लगाउँदै २५ हजार टन सुपारी आयात गर्न दिइएको थियो। यो सुपारीको कोटा पाउनेेमा पोखरेलकै समूह थियो।
साभार स्रोत :Bizmandu. com/अग्रज सञ्चारकर्मी अनन्तराज नेउपानेद्वारा प्रकाशित समाचारको आधारमा ।
Транснациональные перевозки играет центральное значение в организации ввоза продукции в Российскую Федерацию. Это многогранный механизм, включающий логистическую координацию, прохождение контроля и организацию поставок. Точное управление и сотрудничество с профессионалами минимизируют риски и обеспечивают быструю перевозку.
Одной из центральных задач в импорте является выбор логистического решения – https://ved-mezhdunarodnaya-logistika.ru/ . Для организации поставок используются комбинированные решения: морские перевозки обеспечивают высокую вместимость, авиатранспортировка — ценных грузов, а поездные перевозки — в сочетании цены и скорости. Стратегическое положение часто предполагает комбинированные маршруты.
Не менее важным этапом является работа с таможней. Компетентное оформление таможенным требованиям, соблюдение законодательства и анализ санкционного давления гарантируют прохождение. Работа с профессионалами учитывает все нюансы, повышает прозрачность.
Инновации в логистике оптимизируют организацию поставок. Платформы контроля, управленческие платформы и инструменты анализа обеспечивают оптимизацию процессов. Предприятия с этим сохранять устойчивость, реагировать на изменения и сохранять стабильность.
Импортные маршруты основана на стратегии, надежности команд и работы с профессионалами. Это важный механизм, позволяющий фирмам страны развивать свои процессы и строить глобальные связи.