• Sun. Jun 29th, 2025

सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गर्ने विरूध्द भद्रपुर नगरपालिकाको चेतावनी

BySaptahik Samachar

२८ असार २०८०, बिहीबार २०:३१ २८ असार २०८०, बिहीबार २०:३१ २८ असार २०८०, बिहीबार २०:३१

भद्रपुर २८ असार / सामाजिक सञ्जालमा जनप्रतिनिधिहरूलाई लक्षित गरी अशिष्ट,अमर्यादित र भद्दा शव्दहरूले गाली गलोज र चरित्र हत्या गर्नेहरू विरूध्द भद्रपुर नगरपालिका कडारूपमा प्रस्तुत भएकाे छ।
नगर पालिकाले फेसबुक, म्यासेन्जर, ट्वीटरलगायत चलनचल्तिका सञ्जालहरूमा जनप्रतिनिधि र कर्मचारीले केही पनि नगरेको भन्दै समाजमा भ्रम फैलाउने नकारात्मक टिप्पणीहरू गरिरहँदा अमर्यादित र चरित्र हत्या हुने शब्द सम्प्रेषित गरेकोप्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति प्रकाशित गरेको छ।

नगर प्रमुख गणेश पोखरेलद्वारा विहीबार जारी विज्ञप्तिमा जनप्रतिनिधिलाई लक्षित गरी सामाजिक सञ्जालहरूमार्फत चरित्र हत्या गर्ने गरी अमर्यादित शब्द प्रहार गर्नेहरू विरूध्द बाध्य भएर कानुनी प्रक्रियामा जानुपर्ने अवस्थासम्म आउने चेतावनी दिइएको छ।
नगर पालिकाको विज्ञप्तिमा भनिएको छ-बुधबार बिहान परेको अविरल बर्षासंगै आएको बाढीका कारण भद्रपुर नगरपालिका भरी डुवान भएको र डुवानमा परेको परिवारलाई उपलब्ध स्रोत र साधन प्रयोग गरी उध्दार र राहत प्रदान गर्नका लागि जनप्रतिनिधिहरू र कर्मचारीहरू खटिइरहेको अवस्थामा तिनैलाई लक्षित गरी सामाजिक सञ्जालहरूमा अमर्यादित शब्द प्रयोग गर्दै गाली गलोज र चरित्र हनन हुने गरी राखिएका अभिव्यक्तिप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
विज्ञप्तिमा, त्यसप्रकारका अमर्यादित शब्द प्रयोग गरेर कसैको व्यक्तिगत चरित्र हत्या हुने गरी सामाजिक मर्यादा विपरीतका शब्दहरू सामाजिक सञ्जालमा राखेको कारणबाट प्रयोगकर्ता विरूध्द आकर्षित हुने विद्युतीय कारोबार ऐन २०६३ तथा अन्य प्रचलित कानुन अनुसारकाे कारबाहीमा सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ता नै स्वयम् जिम्मेवार हुने ब्यहोराको चेतावनी दिइएको छ।

3 thoughts on “सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गर्ने विरूध्द भद्रपुर नगरपालिकाको चेतावनी”

Leave a Reply to Instagram Auto comment Cancel reply

Your email address will not be published. Required fields are marked *