• Tue. Jul 1st, 2025

सामाजिक व्यक्तित्व दीनबन्धुको नागरिक अभिनन्दन गरिदैं

BySaptahik Samachar

१५ भाद्र २०७९, बुधबार १६:१३ १५ भाद्र २०७९, बुधबार १६:१३ १५ भाद्र २०७९, बुधबार १६:१३

भद्रपुर १५, भदौ / दानवीर दीनबन्धु गोयल(अग्रवाल)-को नागरिक अभिनन्दन गरिने भएको छ। विराटनगरका तीन दर्जन बढी संघसंस्थाको भेलाले उहाँलाई नागरिक अभिनन्दन गर्ने तयारी गरेको हो।
विराटनगरको नागरिक समाजले यही असोज २८ गते शुक्रबार विराटनगरमा जनस्तरबाट भव्य रुपमा नागरिक अभिनन्दन गर्ने छ, त्यसको लागि सामाजिक व्यक्तित्व सुरेशकुमार शर्माको अध्यक्षतामा दीनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समिति समेत गठन गरिएको छ। समितिको सचिवमा श्याम पौडेल रहनुभएको छ।
झापा भद्रपुरमा जन्मिएर एस.एल.सी.सम्मको अध्ययन भद्रपुर हाइस्कुलबाटै पुरा गर्नु भएका गोयल हाल विराटनगरमा स्थायी बसोवास गर्नुहुन्छ। मोरङ, विराटनगरमा बसे पनि जन्मथलो झापा,भद्रपुरमा सामाजिक कार्यमा अग्रसर उहाँका माइला दाई ओमप्रकाश गोयलको निधन पछि स्वर्गीय दाईकै स्मृतिमा उहाँले अनेकौं ढंगले सामाजिक, सांस्कृतिक र धार्मिक कार्यमा झापामा निस्वार्थ सहयोग पुर्‍याउनु भएको छ। सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा उहाँको योगदान उल्लेखनीय छ। जन्म थलो झापा भद्रपुरमा मात्र होइन झापा र कर्म थलो मोरङ वाहेक छिमेकी जिल्ला सुनसरी,राजधानी काठमाडौंका धार्मिक मठ मन्दिर, शिक्षा, स्वास्थ्य र मानवीय क्षेत्रका विभिन्न विधामा उहाँको सेवा अद्वितीय छ। आशा गरेर पुगेका कोही पनि मान्छे शायद उहाँबाट रित्तो फर्कनु परेको छैन। उहाँको त्यो असामान्य गुणले नै आज समकालीन समाजमा अग्रणी समाजसेवीका रूपमा पूर्वले अभिनन्दन गर्न उपयुक्त ठम्याएको छ। दिएर पनि दिएको आभास नगर्ने र आफू ठूलो नहुने उहाँको चरित्र नमनयोग्य छ।
विराटनगरले गर्न लागेको यो सामाजिक अभिनन्दनलाई पूर्वकै एक कर्मवीरका रूपमा प्रदेश एकको नागरिक समाजको तर्फबाट नागरिक अभिनन्दन गरिनुपर्छ भन्ने आग्रह झापामा सुरु भएको छ।


विसं. २००५ साल वैशाख१८ गते भद्रपुरमा जन्मनु भएका गोयलको अहिले अमृत जन्मोत्सव(७५वर्षमा गरिने महोत्सव) र पत्नी उषादेवी गोयलसंग विवाह बन्धनमा बाँधिएको ५० बर्षे (वैवाहिक स्वर्ण वर्ष)-गाँठ पनि यसै वर्ष परेको छ। यी दुवै महोत्सवलाई जोडेर हुन लागेको नागरिक अभिनन्दनमा झापाका विभिन्न संघ संस्था पनि उत्साहित हुँदै सामाजिक अभियन्ता गोयलको नागरिक अभिनन्दनमा जुट्ने तयारी भइरहेको छ।

116 thoughts on “सामाजिक व्यक्तित्व दीनबन्धुको नागरिक अभिनन्दन गरिदैं”
  1. With thanks! A lot of data!
    casino en ligne
    Regards. Lots of forum posts.
    casino en ligne France
    You reported that really well.
    casino en ligne fiable
    With thanks, Lots of facts.
    casino en ligne
    You reported it really well!
    casino en ligne francais
    This is nicely said! .
    casino en ligne
    Incredible plenty of fantastic data!
    casino en ligne
    Nicely put. Appreciate it!
    casino en ligne
    Position very well utilized.!
    casino en ligne
    Many thanks, Good information!
    casino en ligne francais

Leave a Reply to kupit-akkaunty-market.xyz_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *