• Sun. Sep 8th, 2024

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपाललाई

BySaptahik Samachar

२५ कार्तिक २०७९, शुक्रबार १८:४६ २५ कार्तिक २०७९, शुक्रबार १८:४६ २५ कार्तिक २०७९, शुक्रबार १८:४६

भद्रपुर / बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ। शुक्रबार बंगलादेशको ढाकामा डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो। खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो।

सुशिला केसीले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ५४ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन्। त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो। तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले बचाउ गरिन्।

बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो. र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि हासिल गरेको छ भने बंगलादेश ४ खेलमा ७ अंक जोडेदै उपविजेता बनेको छ।

One thought on “साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपाललाई”
  1. I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *