• Sun. Jun 8th, 2025

सहाराले एकैदिन बाँड्यो एक हजार ५४ जनालाई ९५ लाख ९०हजार सामाजिक सुरक्षा सुविधा

BySaptahik Samachar

८ आश्विन २०७९, शनिबार १७:४८ ८ आश्विन २०७९, शनिबार १७:४८ ८ आश्विन २०७९, शनिबार १७:४८

भद्रपुर ८,आश्विन / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रगढीले बडा दशैँको अवसरमा शनिबार शुभकामना आदान प्रदान तथा सामाजिक सुरक्षा सुविधा बापतको रकम बितरण गरेको छ। साकोसको चन्द्रगढी सेवा केन्द्रका संयोजक गोपाल गिरीको अध्यक्षता र भद्रपुर ७ नं. वडा अध्यक्ष अभिषेक ढुङ्गानाको प्रमुख आतिथ्यमा २६ जनालाई एकल महिला प्रोत्साहन सुविधा, ६५ वर्ष पुरा भएका ४ जना जेष्ठ सदस्यलाई पोषण सम्मान र एक जनालाई परिवार राहत सुविधा अन्तर्गत रकम वितरण गरिएको हो।
एकल महिला प्रत्येकलाई नगद रू.८ हजार, पोषण सम्मान ः प्रत्येकलाई नगद रू.६ हजार र परिवार राहत वापत नगद रू.३लाख उपलब्ध गराइएको सहारा साकोस चन्द्रगढी सेवा केन्द्रले जनाएको छ।

शुभकामना आदान प्रदान तथा सामाजिक सुरक्षा सुविधा वितरण कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष ढुङ्गाना,सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली,१० नं. वडाका सदस्य तुलसी पोखरेल र मानव अधिकारका लागि महिला एकल महिला समितिकी झापा अध्यक्ष रेखा अधिकारीले सदस्य र समुदाय हित केन्द्रीत कार्यक्रमकै कारण सहारा सवैको सहारा बनेको धारणा राख्नुभयो ।
चन्द्रगढी सेवा केन्द्र सहयोग समितिका सदस्य ईश्वरी दाहालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका कार्यक्रममा सहयोग समिति सदस्य रमला बराल-अधिकारीले स्वागत मन्तव्य र सहयोग समिति सदस्य टीकाराम उप्रेतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
चन्द्रगढी सेवा केन्द्रले जस्तै सहारा नेपालले शनिबारनै झापाका अन्य ९ स्थानहरू धुलावारी, विर्तामोड, शनिश्चरे, चारपाने, सुरूङ्गा,लक्ष्मीपुर, शिवगञ्ज, दूधे र दमकमा पनि एकै समयमा सो कार्यक्रम सञ्चालन गरेको सहारा साकोसका द्वितीय उपाध्यक्ष मैनालीले जानकारी दिनुभयो।

सामाजिक सुरक्षा तथा दशै शुभकामना आदान प्रदान कार्यक्रममा सहाराले यो वर्ष विभिन्न ८ शीर्षकमा १ हजार ५४ जनालाई ९५ लाख ९० हजार सुविधा प्रदान गरेको एक विज्ञप्ति जारी गरी जनाएको छ।
विज्ञप्तिमा एकल महिला ७१० जनालाई ५६ लाख ८०हजार,६५ वर्ष पुरा भएका जेष्ठ सदस्य १९४ जनालाई पोषण सम्मान स्वरूप ११ लाख ६४हजार, ७० वर्ष पुरा भएका ९३ जना जेष्ठ सदस्य प्रत्येकलाई ८ हजारका दरले ७ लाख ४४ हजार, ८० वर्ष पुरा भएका ९ जना वृध्द सदस्य प्रत्येकलाई १० हजारका दरले ९० हजार,५८ वर्ष पुरा भएका १७ जना एकल पुरूष प्रत्येकलाई ६ हजारका दरले १ लाख २ हजार, अशक्त अपाङ्ग सम्मान स्वरूप १० हजारका दरले १५ जनालाई रू.१ लाख ५० हजार, ८५ वर्ष पुरा भएका ४ जना जेष्ठ सदस्य प्रत्येकलाई २५ हजारका दरले रू.१ लाख र परिवार राहत अन्तरगत १२ जनालाई १५ लाख ६० हजार सुविधा रकम उपलब्ध गराएको जनाइएको छ। सहारा नेपालले नियमित आफ्ना सदस्यलाई सामाजिक रूपमा संरक्षण प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष सुविधा प्रदान गर्ने गरेको सो विज्ञप्तिमा उल्लेख छ।

13 thoughts on “सहाराले एकैदिन बाँड्यो एक हजार ५४ जनालाई ९५ लाख ९०हजार सामाजिक सुरक्षा सुविधा”
  1. Simply wish to say your article is as surprising. The clarity
    in your put up is just spectacular and that
    i can suppose you’re a professional in this subject. Well along with your
    permission allow me to clutch your feed to stay updated with forthcoming post.
    Thank you a million and please keep up the rewarding work.

  2. With havin so much written content do you ever
    run into any issues of plagorism or copyright infringement?
    My website has a lot of unique content I’ve either
    authored myself or outsourced but it appears a lot of it is popping it up all over the internet without my authorization. Do you know
    any solutions to help protect against content from being ripped off?
    I’d truly appreciate it.

  3. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply to Elite Çankaya Escort Cancel reply

Your email address will not be published. Required fields are marked *