• Mon. Jun 23rd, 2025

सहमति कार्यान्वयनमा दोस्रो पुस्ताका नेताको चेतावनी

BySaptahik Samachar

४ भाद्र २०७८, शुक्रबार १७:०० ४ भाद्र २०७८, शुक्रबार १७:०० ४ भाद्र २०७८, शुक्रबार १७:००

काठमाडौं ४,भदौ /एमाले विभाजनमा माधव कुमार नेपाललाई साथ नदिएका नेताहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई १०बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिने अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको उपाध्यक्ष भीम रावलसहितका नेताहरूको बैठक अध्यक्ष ओलीलाई १०बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिनको अल्टिमेटम दिएको हो । उहाँहरूले पाँच दिनभित्र ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपाललाई साथ दिने पनि चेतावनी पनि दिनुभएको छ ।

‘हामीले कार्यदलस्तरमा भएको सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छौँ,’ बैठकमा सहभागी नेता राजबहादुर बुढाले भने, ‘उहाँ (ओली) यो समयमा सच्चिनु भएन भने हामीले नेपालसँग जाने निर्णय लिन्छौँ ।’

बैठकमा पार्टी विभाजनमा नेपाललाई साथ नदिएका उपाध्यक्षद्वय भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम पाण्डे, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरासहित केन्द्रीय सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।

12 thoughts on “सहमति कार्यान्वयनमा दोस्रो पुस्ताका नेताको चेतावनी”
  1. Вам требуется лечение? https://chemodantour.ru лечение хронических заболеваний, восстановление после операций, укрепление иммунитета. Включено всё — от клиники до трансфера и проживания.

  2. В этой статье представлен занимательный и актуальный контент, который заставит вас задуматься. Мы обсуждаем насущные вопросы и проблемы, а также освещаем истории, которые вдохновляют на действия и изменения. Узнайте, что стоит за событиями нашего времени!
    Исследовать вопрос подробнее – https://medalkoblog.ru/

Leave a Reply to Professional Escort for Ankara Events Cancel reply

Your email address will not be published. Required fields are marked *