• Fri. Aug 1st, 2025

सरस्वती मन्दिरको उद्घाटन

BySaptahik Samachar

१२ माघ २०७९, बिहीबार १८:२१ १२ माघ २०७९, बिहीबार १८:२१ १२ माघ २०७९, बिहीबार १८:२१

भद्रपुर १२,माघ / झापा, भद्रपुर-८ मा रहेको भानु प्राथमिक विद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन तथा त्यहाँ राखिएको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ। श्रीपञ्चमीको अवसर पारेर विद्यालयमा आयोजित सरस्वती पूजाको दिन आज समाजसेवी धनजुजु श्रेष्ठले निर्माण गरि दिनु भएको मन्दिरको समुद्घाटन तथा मूर्तिको विशेष पूजा अर्चना गर्दै प्राण प्रतिष्ठा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा ८ नं.वडा अध्यक्ष गौरव सुव्वा-मनोजले मन्दिरको उद्घाटन गर्नुभएको हो। मन्दिर निर्माण र मूर्तिका लागि ८० हजार बढी रकम खर्च भएको निर्माणकर्ता परिवार ले जनाएका छन्।
सोही अवसरमा विद्यालयका दाता इन्जिनियर करूणालाल श्रेष्ठ परिवारले विद्यालयका सम्पूर्ण छात्र छात्रालाई ट्रयाक सुट, जुत्ता मोजा र टोपी वितरण गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश जोशीको सभापतित्वमा भएको कार्यक्रममा वाल क्लवका अध्यक्ष सोहिल सेखले स्वागत मन्तव्य र विद्यालयकी प्रधानाध्यापक सीता विमलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

11 thoughts on “सरस्वती मन्दिरको उद्घाटन”
  1. I’m extremely inspired together with your writing skills and also with the format for your blog. Is this a paid subject matter or did you modify it yourself? Anyway keep up the nice high quality writing, it is rare to see a great weblog like this one these days!

  2. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply to Fizik Tedavi Ürünleri Tavsiyesi Cancel reply

Your email address will not be published. Required fields are marked *