• Wed. Apr 23rd, 2025

सन्दर्भः लेखनाथ जयन्ती स्रस्टा सम्मान र पुरस्कार वितरण

BySaptahik Samachar

२६ पुष २०८०, बिहीबार १८:०५ २६ पुष २०८०, बिहीबार १८:०५ २६ पुष २०८०, बिहीबार १८:०५

भद्रपुर २६,पुस / कविशिरोमणि लेखनाथ पौडेलको १४० औ जन्म जयन्तीका अवसरमा भद्रपुरमा आज स्रष्टा सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
कविशिरोमणि लेखनाथ पौडेलको जन्म जयन्ती पुस १५ गते भए पनि लेखनाथ पुस्तकालयले आफ्नो स्थापना दिवसको अवसर पारेर पुस २६ गते लेखनाथ जयन्ती मनाउने गरेको छ।

लेखनाथ पुस्तकालय भद्रपुर-१०,चन्द्रगढीको आयोजनामा भएको कार्यक्रममा चन्द्रगढीस्थित लेखनाथ पौडेलको शालिकमा माल्यार्पण पछि साहित्यकारहरूको टोलीले प्रभातफेरी गरेको थियो।
माल्यार्पण पछि साहित्यिक टोलीले चन्द्रगढी बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको सभा हलमा पुगेर कविता गोष्ठी,स्रष्टा सम्मान र पुरस्कार अर्पण गरिएको थियो।

सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षता र कवि विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मिश्र बैजयन्ती,डि भी. इलामे, राजेश ढुङ्गाना, भवानी खतिवडा, दुर्गाप्रसाद भट्टराई, राजेन्द्र काश्यप अधिकारी, छात्रा सिमरन दाहाल र सुमनसिं गौरी, तथा स्रष्टाहरू प्रतिभा पौडेल,शालिग्राम दाहाल, खेमराज दाहाल लगायतलाई सम्मान गरिएको थियो।

अग्रज साहित्यकारहरू चुडामणि रेग्मी,
कोमलप्रसाद पोखरेल,प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी लगायतको बिशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा कविता वाचन समेत गरिएको थियो। य कार्यक्रमको संचालन खगेन्द्रा खुशीले गर्नुभएको थियो। सोही कार्यक्रममा कृष्ण सुवेदी निराकारको नेतृत्वमा गठित लेखनाथ पुस्तकालयको नयाँ कार्यसमितिलाई पदस्थापन समेत गरिएको थियो।

9 thoughts on “सन्दर्भः लेखनाथ जयन्ती स्रस्टा सम्मान र पुरस्कार वितरण”
  1. Ciekawy wybór slotów online. | Dobre źródło wiedzy o e-sporcie i zakładach. | Lista bukmacherów z cashbackiem bardzo przydatna. | Można dowiedzieć się, gdzie grać najbezpieczniej. | Dobre źródło dla graczy konsolowych i PC | automaty kasyno sloty | Kasyna online dobrze sklasyfikowane. | Kasyna przyjazne dla polskich graczy. | rockstar games gry wideo | Przydatne wskazówki dla nowych graczy. | Dostępne są recenzje gier i kasyn. sporty w Polsce

  2. Pinco platformasında təhlükəsizlik və məxfilik qorunur|Pinco ilə real pul qazanmaq mümkündür|Pinco onlayn kazinoda mükəmməl istifadəçi interfeysi mövcuddur|Pinco az oyunçulara sərfəli təkliflər verir|Pinco az istifadəçilərinə VIP proqram da təklif edir|Pinco az oyunçularına tez-tez turnirlər təqdim edir|Pinco mobil tətbiqi ilə hər yerdə oyun mümkündür|Pinco istifadəçiləri üçün müntəzəm lotereyalar keçirilir|Pinco kazino təcrübəsi digərlərindən fərqlənir https://pinco-casino-azerbaijan.com/.

Leave a Reply to pinco Cancel reply

Your email address will not be published. Required fields are marked *