• Fri. Oct 18th, 2024

सन्दर्भःनेपाली कांग्रेसको १४औं महाधिवेशन /झापाको ३नं.क्षेत्रमा को को उम्मेद्वार

BySaptahik Samachar

५ मंसिर २०७८, आईतवार १८:३३ ५ मंसिर २०७८, आईतवार १८:३३ ५ मंसिर २०७८, आईतवार १८:३३

भद्रपुर ५ मंसिर । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन अन्तरगत आज प्रतिनिधि सभा स्तरीय अधिवेशनका लागि मनोनयन दर्ता लगायतका प्रक्रिया सम्पन्न भएको छ । आज प्रारम्भिक प्रक्रिया पुरा गरेपछि भोली मतदान हुँदैछ ।प्रतिनिधि सभा स्तरीय क्षेत्रीय समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्लामा प्रतिष्ठित नेताहरुको पनि उम्मेद्वारी परेको छ ।झापाको‌ संसदीय क्षे‌त्र नं. ३ मा क्षे‌त्रीय सभापतिका आकांक्षीमा गणे‌श पो‌खरेल र‌ राजे‌न्द्र घिमिरेले उम्मेद्वारी दिनुभएको छ ।
३ न. क्षेत्रका मतदान अधिकृत अमृतवहादुर वुढाथोकीका अनुसार महाधिवे‌शन प्रतिनिधि ( खुला १० जनाका लागि)-विजय रिजाल, जगत वस्नेत, देउकुमार लिम्वु, दयानन्द गोश्वामी, नविन विमली, नगेन्द्रप्रसाद पोखरेल ‘नविन’, भगीरथ पोद्दार, भूमिप्रसाद राजवंशीले उम्मेद्वारी दिनुभएको छ ।
त्यसैगरी मोहन महर्जन, राम प्रसाद दुलाल, रविन पुरी, श्याम प्रसाद सिटौला, सिताराम खडका, सुरज खत्री र होमनाथ निरौला ‘निरज’ले पनि महाधिवेशन प्रतिनिधि खुलामा उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
त्यस्तै महिलाको खुला चार सिटमा उर्मिला गौतम, गायत्री कुमारी शाह, तारादेवी वाराकोटी, पदमा ढकाल, लता कार्की र सितादेवी भट्टराईको मनोनयन दर्ता भएको छ ।
खस आर्यमा एक महिलाको सिटमा सर्वसम्मत भइसकेको छ / सर्वसम्मत हुनेमा सुशिला ढकाल आचार्य हुनुहुन्छ भने एक सिट खस आर्य पुरुषमा टिकाराज ढकाल, तोया गड्तौला र कृष्ण प्रसाइको उम्मेदवारी परेको छ ।
त्यस्तै आदिवासी जनजाति तर्फको २ महिलामा कृष्णकली राजवंशी, धनमाया श्रेष्ठ र शीला तामाङ तथा ३ पुरुषमा कैलास राई, खड्गप्रसाद राजवंशी, तोमलाल राजवंशी , डम्वर सिंह सिगु, मनोज सुव्वा ‘गौरव’ र शान्ति प्रसाद गणेश हुनुहुन्छ। एक मधेसी कोटामा ओम प्रकाश सरावगी , विजय कुमार यादव, मनकुमार शर्मा र सत्येन्द्र कुमार कर्णदासको उम्मेद्वारी परेको छ ।
वुढाथोकीका अनुसार दलित, मुस्लिम र अल्पसंख्यक/अपाङ्गता कोटामा निर्विरोध भएको छ। उहाँका अनुसार दलितमा भक्त वहादुर परियार, मुस्लिममा मोहम्मद निरुज्मा र अल्पसख्यक /अपाङ्गतामा वडाराम हेमरम निर्विरोध निर्वाचित हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *