• Tue. Aug 5th, 2025

‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक

BySaptahik Samachar

१३ असार २०८२, शुक्रबार १८:०० १३ असार २०८२, शुक्रबार १८:०० १३ असार २०८२, शुक्रबार १८:००

भद्रपुर १३ , असार / झापाको सदरमुकाम भद्रपुरको इतिहास समेटेर लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यमा भद्रपुर नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो।

अग्रज पत्रकार गोपाल गिरीले लेखेको पुस्तक प्रमुख अतिथि गाउँले सहित भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की, प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशी, प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका झापा अध्यक्ष एकराज गिरी र प्रेस क्लब भद्रपुरका अध्यक्ष राजवावु शंकरले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

प्रेस क्लव भद्रपुरको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँले, विशिष्ट अतिथि नगरप्रमुख पोखरेल, उपप्रमुख कार्की, प्रेस काउन्सिलका प्रमुख अधिकृत भुषाल र पत्रकार महासंघ झापा अध्यक्ष गिरीले मन्तव्य राख्नुभएको थियो ।

पुस्तकका वारेमा अग्रज पत्रकार चिन्तामणि दाहाल र तारामणि सापकोटाले टिप्पणी गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रेस क्लबका अध्यक्ष राजबावु शंकरले गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सहित लेखकीय मन्तव्य कृतिका लेखक गिरीले राख्नु भएको थियो।

29 thoughts on “‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक”
  1. Get reliable roof installation services in Lancaster with Roof Installation Pros. Whether it’s a new roof or a replacement, their experienced crew delivers quality craftsmanship that lasts. Known for fair pricing and dependable results that boost home value—your roof is in safe hands.

Leave a Reply to bahigo giriş Cancel reply

Your email address will not be published. Required fields are marked *