भद्रपुर,२५-भदौ/नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा भद्रपुरका मृगौला खराब भएका दुई शिक्षकका लागि संकलन भएको रकम सम्बन्धित पक्षलाई उपलब्ध गराइएको छ। अभियानकर्मी शिक्षक महासंघ भद्रपुरका नगर अध्यक्ष गणेश गिरीका अनुसार ‘मो.बदरुद्विन-गिता भण्डारी बचाउ अभियान’ अन्तर्गत संकलन भएको ३लाख ४० हजार रूपैयाँ दुवै शिक्षकलाई १लाख ७० हजारका दरले प्रदान गरिएको हो।
शिक्षक गीता भण्डारीको रकम निजको वाणिज्य वैंकको खातामा जम्मा गरिएको छ। हाल भण्डारी भारत दिल्लीको नोयडास्थित फोर्टिज हस्पिटलमा मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा हुनुहुन्छ।
यस्तै, शिक्षक बदरूद्दिनलाई भने उहाँको घर भद्रपुर -६ मै पुगेर रकम हस्तान्तरण गरिएको छ। अध्यक्ष गिरीका अनुसार देश विदेशमा रहेका उहाँका पूर्व विद्यार्थी र केही शुभेच्छुकहरूबाट थप भएको रकम समेत गरी एक लाख ९६ हजार हस्तान्तरण गरिएको छ।
त्यसरी सहयोग गर्नेहरूमा टेकबहादुर गिरी(बसन्त):हाल नर्वेबाट रू.छ हजार,बिगेस श्रेष्ठ:हाल अष्ट्रेलियाबाट रू.८ हजार,
राजेन्द्र घिमिरे भद्रपुरबाट रु.५ हजार,हरिकला ढकाल(रेग्मी) काठमाडाैबाट रु.५ हजार, यशोदा-रेमनाथ चुडालबाट चार हजार,टी आर शर्मा+लक्ष्मी सापकोटा-भद्पुरबाटबाट एक हजार पाँच तथा शर्मिला अधिकारी भद्रपुरले एक हजार रूपैयाँ सहयोग गर्नु भएको गिरीले जानकारी दिनुभयो ।
विभिन्न विद्यालयका शिक्षक, पूर्व शिक्षक, विद्यार्थी र शुभेच्छुक दाताले महासंघको आह्वान अनुसार रकम सहयोग गरेकोप्रति र शिक्षक संघ संगठनलाई समेत आभार प्रकट गर्दै गिरीले इच्छुक दाताहरुलाई सहयोगको ढोका अझै खुला रहेको जनाउनुभएको छ।
वीरेन्द्र माविकी शिक्षक भण्डारीको प्रत्यारोपण प्रक्रिया शुरू भए पनि भद्रपुर माविका शिक्षक बदरूद्दिनको लागि मृगौला दान दिने व्यक्तिको तीव्र खोजी भइरहेकोले अझै प्रक्रिया शुरू हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ। मृगौला प्रत्यारोपणका लागि उहाँलाई पनि केही दिनमै भारत लैजाने तयारी भने भइरहेको छ।
|
I am extremely inspired together with your writing talents as well as with the structure to your weblog.
Is this a paid theme or did you customize it yourself?
Either way stay up the nice quality writing, it is uncommon to
look a great blog like this one these days. LinkedIN Scraping!
İlk görüşmeden itibaren kendimi özel hissettiren nadir deneyimlerden biri oldu. Özellikle Çankaya escort kızlar çok kibar ve bakımlıydı.
Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.