भद्रपुर ९,फागुन / पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ ।
२८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रम्तेलले घरायसी समस्याका कारण ५ वर्षीया छोरी वर्षा विकलाई सलले आफैसंग बाँधेर शरीरमा आगो लगाएकी थिइन् ।
रम्तेलले शरीरमा आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले घाइते आमाछोरीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।तर, छोरी वर्षाको सोही दिन मृत्यु भएको थियो । घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.