भद्रपुर, भदौ १४ । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ। हिजो दिउँसो बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भुपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव आज बिहान पृथ्वीनगर क्षेत्रमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले बताउनुभयो । शव भेटिएपछि परिवारलाई खबर गरिएको उहाँले ले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार हिजो दिउँसो साढे ४ बजे भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो । सामुएलसँगै उनका साथी पनि थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको थियो। त्यस पछि खोजी कार्य जारी राखिएको उनको शव आज विहान भेटिएको डिएसपी पाठकको भनाइ छ ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.