• Mon. Jan 26th, 2026

विभूतिको ३१ औं वार्षिकोत्सब

BySaptahik Samachar

२० माघ २०८१, आईतवार १०:२७ २० माघ २०८१, आईतवार १०:२७ २० माघ २०८१, आईतवार १०:२७

भद्रपुर २०, माघ / झापाको भद्रपुर १० चन्द्रगढीको बीपी. चोकमा रहेको विभूति विद्या मन्दिरले विद्यालयको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री तथा प्रशंसा पत्र वितरण गरेको छ । शनिवार र आइतवार  २ दिनसम्म सञ्चालित कार्यक्रममा एकाडेमी र खेलकुद लगायतका विभिन्न कृयाकलापमा उत्कृष्ट हुने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट ७ सय बढी छात्रछात्रालाई सम्मान सहित पुरस्कृत गरिएको थियो।
   विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले विद्यालयका विविध गतिविधि माथि प्रकाश पारेको कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गर्नु भएको थियो ।  

घनश्याम लम्सालको अध्यक्षता तथा विद्यालयका भाइस प्रिन्सिपल राजेश निराैलाको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख पवित्र ढकाल,प्याब्सन भद्रपुरका अध्यक्ष भक्तबहादुर कार्की,वार्ड न ८ र १० का वार्ड अध्यक्ष द्वय गाैरव सुब्बा , टेक बहादुर खड्का काजी , राधा रिमाल अधिकारी लगायतले मन्तव्य राख्नु भ॓एको थियो । शिक्षक जगदीश काफ्लेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विद्यार्थीहरूबाट गीत तथा नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेर अभिभावकहरूलाई मनोरन्जन प्रदान गराइएको थियो । 

108 thoughts on “विभूतिको ३१ औं वार्षिकोत्सब”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to buy-tiktok-ad-account.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *