• Wed. Oct 16th, 2024

विजया दशमी -२०८१ मान्यजनबाट टीका जमरा लाउने क्रम जारी

BySaptahik Samachar

२६ आश्विन २०८१, शनिबार १६:५१ २६ आश्विन २०८१, शनिबार १६:५१ २६ आश्विन २०८१, शनिबार १६:५१

भद्रपुर २६,असोज / सनातनी हिन्दु धर्मावलम्बीहरूले आज विजयादशमीको टीका लगाउनको लागि मान्यजनकोमा जाने क्रम चलिरहेको छ । विजया दशमीदेखि पूर्णिमासम्मै ठूलावडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ । 
शुभ साइतमा घरमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन् । क्षेत्रगत हिसाबले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ । 

आज बिहान ११ः३६ को शुभ साइतमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन् । 
     आज सार्वजनिक सवारी फाट्टफुट्ट मात्रै चलेता पनि मानिसहरू ट्याक्सी र अन्य निजी सवारीका साधनबाट आफ्नो गन्तव्यतर्फ गइरहेका छन् ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।
  जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । अहिले पनि नेपालका धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
   घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँ कै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

One thought on “विजया दशमी -२०८१ मान्यजनबाट टीका जमरा लाउने क्रम जारी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *