• Tue. Jun 3rd, 2025

वार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेद्वारको जीत निश्चित

BySaptahik Samachar

२५ चैत्र २०७८, शुक्रबार ०५:०९ २५ चैत्र २०७८, शुक्रबार ०५:०९ २५ चैत्र २०७८, शुक्रबार ०५:०९

भद्रपुर २५, चैत्र / नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणनामा सत्ता गठबन्धनका उम्मेद्वारले प्रतिपक्षी उम्मेद्वारसंगको दुरी लगभग दोब्बर अन्तरले बढाएका छन्। जारी मतगणनामा हिजो वेलुकासम्मको परिणाममा अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे एक हजार सात सय ५१ मतले प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारी भन्दा अगाडि हुनुहुन्छ ।
हिजो साँझसम्मको मतगणनामा गठबन्धनका घिमिरेले तीन हजार सात सय२८ मत प्राप्त गर्नु भएको छ भने प्रगतिशील समूहका प्रत्यासी अधिकारीले एक हजार ९ सय ७७ मत पाउनुभएको छ।
त्यसैगरी, उपाध्यक्ष पदका उम्मेदवार मध्ये झापा भद्रपुरका अधिवक्ता सुरज खत्रीले तीन हजार सात सय २३ र उहाँका प्रतिद्वन्द्वी रोहित डाँगीले २ हजार ९१ मत पाउनुभएको छ। अहिलेसम्मको गणनामा उपाध्यक्षका उम्मेदवार डाँगीलाई खत्रीले १ हजार ६ सय ३२ मतले पछि पार्नुभएको छ।
नेपाल वार एशोसिएसनको निर्वाचनमा ७ हजार ४ ४० सय मत खसेको थियो । अध्यक्ष पदमा निर्वाचित हुन लगभग ३ हजार ७ सय मत ल्याउनु जरुरी छ ।अहिलेसम्म गणना भएको ५ हजार बढी मतगणनामा गठबन्धनका सवै उम्मेदवार अगाडि देखिएका छन्। मंगलबार विहानदेखि शुरू भएको मतगणना हिजो साँझ स्थगित भएर अहिले बिहान ९ बजेबाट पुनः शुरू हुने जनाइएको छ।

110 thoughts on “वार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेद्वारको जीत निश्चित”
  1. 2025年のランキング上位のオンラインカジノを探索しましょう。ボーナス、ゲームの種類、信頼性の高いプラットフォームを比較して、安全で充実したゲームプレイをお楽しみくださいカジノボーナス

Leave a Reply to accounts-marketplace.xyz_swile Cancel reply

Your email address will not be published. Required fields are marked *