• Fri. Nov 21st, 2025

वार एसोसिएसनको निर्वाचनःसुरज खत्री उपाध्यक्षका उम्मेदवार

BySaptahik Samachar

३० फाल्गुन २०७८, सोमबार ०९:३४ ३० फाल्गुन २०७८, सोमबार ०९:३४ ३० फाल्गुन २०७८, सोमबार ०९:३४

भद्रपुर ३० फागुन / कानुन व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनको प्रदेश १, उपाध्यक्ष पदमा अधिवक्ता सुरज खत्रीले उम्मेदवारी दिनुभएको छ । झापा भद्रपुर निवासी खत्रीले चैैत्र १९ गते हुन गइरहेको निर्वाचनमा वृहत् लोकतान्त्रिक-प्रगतिशील समवेशी तथा पेशागत कानुन व्यवसायी समूहका तर्फबाट उम्मेदवारी दिनुभएको हो। त्यसको नेतृत्व वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले गर्नुभएको छ।
विकृति विसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिका ! व्यावसायिक हक, प्रतिष्ठा र पेशागत मर्यादा!! भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएको सो समूह अहिले प्रचारप्रसारमा देश दौडाहामा छ। समूहले पूर्व मेचीबाट आफ्नो प्रचार अभियान शुरू गरेको उपाध्यक्षका उम्मेदवार खत्रीले बताउनुभयो।
बार एशोसिएशन झापा शाखाको पुर्ब अध्यक्ष र रोटरी क्लब अफ भद्रपुरको संस्थापक सचिव समेत रहिसक्नु भएका खत्री विभिन्न सामाजिक संघ संस्थामा आवध्द हुनुहुन्छ / बाणिज्य कानुनमा स्नातकोत्तर गर्नुभएको उहाँले आफूसंगै आफ्नो समूहलाई जिताउन आग्रह गर्नुभएको छ ।

9 thoughts on “वार एसोसिएसनको निर्वाचनःसुरज खत्री उपाध्यक्षका उम्मेदवार”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to iwin Cancel reply

Your email address will not be published. Required fields are marked *