• Sat. Sep 6th, 2025

वक्तृत्वकला प्रतियोगितामा श्रद्धा नेपाल प्रथम

BySaptahik Samachar

२१ भाद्र २०८२, शनिबार २०:१२ २१ भाद्र २०८२, शनिबार २०:१२ २१ भाद्र २०८२, शनिबार २०:१२

विषय थियो – ” वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता”

भद्रपुर २१, भदौ / ” वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता” विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा इस्ट पाेइन्ट वाेर्डिङ स्कुल भद्रपुर ४ की छात्रा श्रद्धा नेपाल प्रथम हुनुभएको छ। भद्रपुर नगरपालिका भित्रका कक्षा १० सम्म अध्ययन गर्ने बिद्यार्थीवीच आयोजित प्रतियोगितामा ग्यालेक्सी इङ्लिस स्कुल भद्रपुर ९ का सृजन राई द्वितीय तथा श्री कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रम भद्रपुर ६ का प्रतीक नेपाल तृतीय हुनु भएको थियो।
वैदिक सनातन धर्म संरक्षण नगर समिति भद्रपुरको आयोजनामा भएको प्रतियोगितामा २५ जना विद्यार्थीहरू सहभागी थिए।जिल्ला समन्वय समितिको सभाहल चन्द्रगढीमा भएको प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा संसदीय क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन हुनुहुन्थ्यो भने कार्यक्रमका संयोजक आचार्य कमलनयन निराैला र वैदिक सनातन धर्म संरक्षण नगर समिति भद्रपुरका अध्यक्ष पं.नवीन भट्टराईले सभापतित्व गर्नुभएको थियो।

कार्यक्रम अवधिभर प्रमुख अतिथि लिङ्देन , विशिष्ट अतिथि नगर प्रमुख गणेश पाेखरेल, उप प्रमुख राधा कार्की अतिथिहरु समितिका केन्द्रीय महासचिव खगेन्द्र निराैला, किरात र बाैद्धधर्मका गुरुहरुले तर्कपूर्ण प्रस्तुतिहरूलाई ध्यानपूर्वक सुन्नुभएको थियो।
निर्णायक मण्डलमा मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख सह प्राध्यापक देबीप्रसाद आचार्य, साङ्गवेद संस्कृत विद्यालय चारपानेका आचार्य गुरु साेमनाथ गाैतम र अधिवक्ता लक्ष्मी खनाल काेइराला हुनुहुन्थ्यो। प्रतियोगिताका विजेताहरूलाई क्रमश: १० हजार ,७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

One thought on “वक्तृत्वकला प्रतियोगितामा श्रद्धा नेपाल प्रथम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *