विराटनगर, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रदेश १ को खुल्ला तर्फ नेपाली काँग्रेसका उम्मेद्वार गोपालकुमार बस्नेत विजयी हुनु भएको छ । पाँच दलीय सत्ता गठबन्धनका उम्मेद्वार बस्नेत र एमालेका उम्मेद्वार गुरु बराल बीच मतभार बराबर भए पछि गोलाप्रथामा झापा बिर्तामोड निवासी बस्नेत विजयी हुनु भएको हो । गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मतभार ४ हजार ४ सय ८८ आएको थियो । बराबरी मत आएपछि भएको गोला प्रथाबाट निर्वाचन नतिजा निर्क्यौल गरिएको हो । त्यस्तै, महिला तर्फ गठबन्धनतर्फकी नेकपा एकीकृत समाजवादीकी उम्मेद्वार जयन्ती राई विजयी हुनु भएको छ । राईले ४ हजार ६ सय ९२ मतभार प्राप्त गर्नु भएको थियो भने वहाँका प्रतिस्पर्धी एमालेका उम्मेद्वार साबित्री भण्डारीले ४ हजार ३ सय ६२ मतभार प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, अल्पसंख्यक तर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुनु भएको छ । शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४ हजार ३ सय ८६ मतभार प्राप्त गर्नु भयो । Post Views: 330 Post navigation वढ्यो इन्धनको मूल्य नेपालको जनसंख्या ३ करोड पुगेन
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९