
भद्रपुर ३० ,जेठ / विश्व रक्तदाता दिवसको अवसरमा भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी भद्रपुर उपशाखा, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो ।

भद्रपुर ५ को वडा प्रहरी कार्यालय अगाडि खुला स्थानमा राखिएको रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज लोककृष्ण दाहालसहित वडा प्रहरी कार्यालय र चन्द्रगढी युथ क्लबको उल्लेख्य सहयोग रहेको भद्रपुर रेडक्रसका अध्यक्ष केदार महतले जानकारी दिनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र भदपुरका अध्यक्ष शिला खड्काको अध्यक्षता र भद्रपुर ५ नं.वडाका कार्यवाहक वडाध्यक्ष जेष्ठमल ठाकुरको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा स्वागत मन्तव्य सगरमाथा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तोयानाथ गड्तौलाले राख्नु भएको थियो। रक्तदान कार्यक्रमलाई नेरेसो.रक्तसञ्चार सेवा भद्रपुरको प्राविधिक सहयोग रहेको थियो।
su kaçak tespiti İstanbul Maltepe su kaçağı tespiti: Maltepe’de su kaçaklarına son veriyoruz! https://carolinahurricanesclub.com/read-blog/5577
su kaçak tespiti İstanbul Bahçemizdeki su kaçağını yer altı dinleme cihazlarıyla tespit ettiler. Çimlerimize minimum zarar verdiler. Hasan L. https://www.flexsocialbox.com/read-blog/38158
Bağlarçeşme su kaçak tespiti Dairemizde yaşanan su sızıntısını termal kamerayla tespit ettiler. Her aşamayı fotoğrafladılar. Sevim O. http://chillibell.com/read-blog/3498