• Sun. Sep 8th, 2024

युरोपको केन्द्र जर्मनीको विकासमा नयाँ आयाम

BySaptahik Samachar

८ श्रावण २०८१, मंगलवार १२:१९ ८ श्रावण २०८१, मंगलवार १२:१९ ८ श्रावण २०८१, मंगलवार १२:१९

यात्रा संस्मरण

जर्मनी र डेनमार्कको बोर्डरमा पर्ने बाल्टिक सागरले छोएको समुद्र तटीय शहर Heiligenhafen , Fahmarn र Timmendorfer, ट्राभेमुंडे (Travemünde) पर्यटकीय क्षेत्रका रूपमा परिचित छ। बाल्टिक सागरको किनारमा अवस्थित यो जर्मनीको ल्यूबेक (Lübeck) र castelburg hollesstine प्रान्तको पर्यटकीय शहर हुन्। यो जर्मनीको महत्त्वपूर्ण बन्दरगाह र पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। त्यसो त जर्मनीको दोस्रो ठूलो शहर ह्याम्वर्ग आफै पनि पर्या पर्यटन र औद्योगिक नगरको रूपमा युरोपकै विकसित शहर हो। बाल्टिक सागरका किनारमा रहेको सुन्दर समुद्र तटहरू, स्वास्थ्यगृहहरू, र समर रिसोर्टहरूको लागि प्रख्यात छ।

औद्योगिक विकासमा उधुम नाम कमाएको जर्मनीको कृषि क्रान्ति हेर्दा यो देश औद्योगिक मात्र होइन कृषि कर्ममा पनि नमुना मान्न सकिन्छ। यसै पेरिफेरिमा यस साप्ताहिकका सम्पादकको मिति २०८१ साउन ७ गते अर्थात् 22 जुलाई 2024 को दिन त्यस ठाउँको भ्रमण गर्दा देखेका केही कुराहरू छोटो स्मरणका रूपमा लिपिबद्ध गरेको छु। गएका ठाउँ मध्ये Heiligenhafen एकदम पुरानो र स्थानीय कथाहरूमा आधारित शहर रहेछ। जर्मनीको उत्तरमा रहेको यो सानो तटीय सहरको नामको शाब्दिक अर्थ “पवित्र बन्दरगाह” हो।

“Helig” जर्मन भाषामा “पवित्र” वा “धार्मिक” को अर्थमा आउँछ र “Hafen” को अर्थ “बन्दरगाह” हुन्छ। यो नामकरणको पछाडि केही ठोस ऐतिहासिक आधारहरू पनि छन् भन्ने जान्न पाइयो, यो क्षेत्र धार्मिक गतिविधिको केन्द्र रहेको र महत्वपूर्ण धार्मिक स्थल वा चर्च भएकोले यसलाई “पवित्र बन्दरगाह” को उपमा दिइएको भनिन्छ।
जाने क्रममा बाटो भरि देखिएका तोरी बारी,मकै बाली,गहुँ र सब्जी खेतीको उत्पादनले मनै लोभ्याउने देखियो।

त्यसबाहेक जर्मनीको सीमा डेनमार्कलगायत बाल्टिक र स्क्यान्डिनेभियाई देशहरूको बन्दरगाह Fahmarn को आनन्दित तुल्याउने सामुद्रिक मनोहर दृश्य र सो ठाउँबाट समुद्र मुनि भएर निर्माण कार्य भइरहेको सुरूङ मार्गको अलौकिक र महत्त्वाकाङ्क्षी परियोजनाको अवलोकन आफैमा चित्ताकर्षक अनुभूति भइराखेको छ। जुन कार्य सम्पन्न हुन अव पाँच वर्ष लाग्ने र त्यहाँबाट बाल्टिक सागरको सतहभन्दा तलबाट रेल, बस,ट्रक,कारजस्ता सवारीसाधनका लागि कम्तीमा दश लेनको चौडा सडकले डेनमार्कलाई जोड्ने तिलस्मी परियोजनालाई साकार रुप दिने लक्ष्य सुन्दा कसरी सम्भव होला भन्नु शिवाय अर्को अन्दाज आफूमा निहित रहेन।

जर्मनीबाट बाल्टिक सागर छिचोल्दै बनिरहेको सुरूङ मार्गको नाम Fehmarnbelt Tunnel हो। यो सुरूङ मार्गले जर्मनीको फेमार्न (Fehmarn) टापु र डेनमार्कको लोल्यान्ड (Lolland) टापुलाई जोड्नेछ।

Fehmarnbelt Tunnel को बारेमा जानकारी:परियोजना उद्देश्य: Fehmarnbelt Tunnel जर्मनी र डेनमार्कबीचको यातायातलाई सुगम बनाउने मुख्य उद्देश्य हो। यो सुरूङले दुबै देशबीचको यात्रा समयलाई निकै कम गर्नेछ र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्नेछ।

  1. लम्बाइ: यो सुरूङ लगभग 18 किलोमिटर (लगभग 11 माइल) लामो हुनेछ, जसले यसलाई विश्वकै सबैभन्दा लामो डुबान सुरुंग (immersed tunnel) बनाउने छ।
  2. संरचना: सुरूङमा चार लेनको राजमार्ग र दुई ट्रयाकको रेल मार्ग समावेश हुनेछ। यसले सवारी साधन र रेल दुवैका लागि यात्रा सुविधा प्रदान गर्नेछ।
  3. निर्माण अवधि: यो परियोजना 2020 मा सुरु भएको थियो र 2029 सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।
  4. लागत: परियोजनाको कुल लागत लगभग 7.4 बिलियन यूरो अनुमानित छ, जसमा EU ले पनि आर्थिक सहयोग गरिरहेको छ।
  5. फाइदा: सुरूङले जर्मनी र स्क्यान्डिनेभिया बीचको सडक र रेल यातायातलाई सरल बनाउनेछ, जसले गर्दा व्यापार, पर्यटन, र सांस्कृतिक आदान-प्रदानमा वृद्धि हुनेछ।

Fehmarnbelt Tunnel ले जर्मनी र डेनमार्कबीचको सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ र यो परियोजना दुई देशका लागि एक प्रमुख पूर्वाधार विकास हो।
यी ठाउँसम्म पुर्‍याउन महत्त्वपूर्ण सहयोग गर्ने बर्दिया निवासी छोरा वुहारीका हितैषी मेरा भतिज भरत चलाउनेप्रति आभार प्रकट गर्दै यो संस्मरण ।

35 thoughts on “युरोपको केन्द्र जर्मनीको विकासमा नयाँ आयाम”
  1. Somebody essentially lend a hand to make significantly posts I might state That is the very first time I frequented your web page and up to now I surprised with the research you made to create this particular put up amazing Excellent job

Leave a Reply

Your email address will not be published. Required fields are marked *