• Mon. Jan 26th, 2026

मेची रङ्गशालामा आजदेखि भद्रपुर झापा गोल्डकप सुरु

BySaptahik Samachar

६ फाल्गुन २०८१, मंगलवार २१:३८ ६ फाल्गुन २०८१, मंगलवार २१:३८ ६ फाल्गुन २०८१, मंगलवार २१:३८

उद्घाटनमा आयोजक भद्रपुर ब्लेजर्स र दार्जीलिङ्को भिडन्त

भद्रपुर ७ , फागुन / आजदेखि भद्रपुर झापा गोल्डकप सुरु हुँदैछ । प्रतियोगितास्थल मेची रंगशाला झकिझकाउ भएको छ। भद्रपुर झापा गोल्डकपको आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
   सौर्य एअरलाइन्स तथा ओमसाई पाथिभरा हस्पिटलले मुख्य प्रायोजन गरेको भद्रपुर झापा गोल्डकपको यो प्रतियोगितालाई राष्ट्रिय फूटबल खेलाडी तथा भद्रपुर झापा गोल्डकपको कार्य समिति सदस्य गम्भीर राईको स्मृतिमा समर्पण गरिएको छ। भद्रपुर गोल्डकपको संरक्षकत्व भद्रपुर नगर पालिकाले ग्रहण गरेको छ ।
आजदेखि फागुन १६ गतेसम्म हुने भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा–११ एफसी सहभागी हुनेछन् । गोल्डकपमा तीन विदेशी टिमहरु दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भूटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० वटा टिम सहभागी हुनेछन् ।
    गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आकर्षक मैदान बनाइएको छ । प्रतियागिताको तयारीस्वरुप लगभग २० हजार दर्शक बस्न मिल्ने गरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छभने स्वागत गेटहरु निर्माण गरिएको छ ।

गोल्डकपको उपाधि विजेताले नगद १३ लाखसहित ट्रफी र मेडल प्राप्त गर्नेछ।विजेताले पाउने १३ लाखको ” राम-रेखा स्मृति पुरस्कार ” आफ्ना पिता माता लक्ष्मण ढकाल र रामरेखा ढकालको स्मृतिमा छोराहरू सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, पूर्व एआइजी नवराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ-कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले प्रायोजन गर्नुभएको छ।
  त्यस्तै उपविजेताले नगद ७ लाख, आकर्षक ट्रफी र मेडल  पाउनेछन् । यो पुरस्कारको प्रायोजन अन्तर्राष्ट्रिय झापाली समाजले गरेको आयोजकले जनाएका छन्। गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
   प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख ५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

   प्रतियोगिताको उद्घाटनमा आजको पहिलो खेल आयोजक टोली भद्रपुर ब्लेजर्स र पाहुना टिम दार्जिलिङ पुलिस एफसी भारतबीच हुनेछ। प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने भद्रपुर झापा गोल्डकपका अध्यक्ष ढकालले बताउनु भयो।

महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ, फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ टिकट दर कायम गरिएको छ।

16 thoughts on “मेची रङ्गशालामा आजदेखि भद्रपुर झापा गोल्डकप सुरु”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply to Real Companionship in Çankaya Cancel reply

Your email address will not be published. Required fields are marked *