भद्रपुर ४ कार्तिक /झापाको धुलाबारीमा नेपालकै सबैभन्दा ठूलो ‘क्यासिनो भेगास’ सञ्चालनमा आएको छ । २० वर्षदेखि नेपालमै क्यासिनो व्यवस्थापन गर्दै आएका रवि धितालले एकल स्वामित्वमा पाँचतारे होटल मेचीक्राउनमा ‘क्यासिनो भेगास’ सञ्चालनमा ल्याएका हुन् । लामो समयदेखि क्यासिनो व्यवस्थापन गर्दै आएका धितालले भेगास रिक्रेप्सन प्रालिमार्फत सञ्चालनमा ल्याएको क्यासिनोको मंगलबार सफ्टलन्च गरिएको छ । सोमबार क्यासिनोको लाइसेन्स पाएसँगै मंगलबारबाट सञ्चालनमा ल्याएको हो । सो क्यासिनोको व्यवस्थापन भारतीय क्यासिनो कम्पनी विग ड्याडिले गरेको हो । विशेष गरेर भारतीय पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो क्यासिनोमा एकै पटक दुईदेखि तीन हजार जनासम्मले खेल्न सक्नेछन् । २५ करोड चुक्ता पुँजी रहेको सो क्यासिनो सञ्चालनका लागि होटलले भने करिब १ अर्ब रुपैयाँ लगानी गरेको छ । उनीसँग २० वर्ष लामो अनुभव छ । एभरेष्ट, याक एन्ड यती होटलमा रहेको क्यासिनो व्यवस्थापन गरेका धितालले आफ्नै लगानीमा नयाँ क्यासिनो सञ्चालनमा ल्याएका हुन् । होटल रहेको स्थानबाट भारतको बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा रहेको छ । सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिकहरू नेपाल आउने गरेका छन् र तीनै पर्यटकहरूलाई लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको जनाएको छ । ८ बिघा क्षेत्रफलमा फैलिएको होटल मेचीक्राउन होटलमा ५ वटा स्विट, १० वटा भिल्ला, २० वटा क्लब र ७० वटा डिलक्स गरी १ सय ५ वटा कोठा छन् । दुईवटा रेष्टुराँ रहेको छ । ब्याङ्वेट हलसहित हेलिप्याडको सुविधासमेत रहेको छ ।पर्यटन व्यवसायी पवित्रकुमार कार्की, व्यवसायी बलराम सापकोटा सहितको समूहले सञ्चालनमा ल्याएको सो होटलको २०७७ वैशाखमा उद्घाटन गरिएको थियो ।साभारःक्यापिटल नेपालबाट Post Views: 309 Post navigation दुहबी सबस्टेशन डुबानमा परेपछि प्रदेश १ मा ब्ल्याक आउट डुबानमा परेको ३८ घण्टापछि दुहबी सबस्टेशन सन्चालनमा, प्रदेश १का सवै जिल्लामा विद्युत आपूर्ति सुचारु
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९