• Sun. Sep 8th, 2024

मृतक परिवारलाई सहयोग रकम हस्तान्तरण

BySaptahik Samachar

२ श्रावण २०७९, सोमबार २१:४२ २ श्रावण २०७९, सोमबार २१:४२ २ श्रावण २०७९, सोमबार २१:४२

भद्रपुर २,साउन / मेची प्रादेशिक अस्पतालमा उपचाररत रहेकै अवस्थामा आज (साउन २ गते) मृत्यु भएका बालक विशेष राजवंशीकी आमा उनिमा र बुबा सुन्दर राजवंशीलाई १० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा भद्रपुर- ६ मूल घर भई केही वर्षदेखि बिराटनगर बस्दै आएका समाजसेवी दीनबन्धु गोयलले सो सहयोग रकम प्रदान गर्नुभएको हो।
प्रदत्त सो राहत राशि प्रेस क्लब-भद्रपुरका अध्यक्ष राजबाबु शंकर र नेपाल क्यान्सर रिलिफ सोसाइटीका जिल्ला अध्यक्ष रूद्र भूर्तेलले कचनकवल-५, डॅागाबारीस्थित निजकै घरमा पुगी परिवारजनमा हस्तान्तरण गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएका परिवारका १३ वर्षीय विशेष राजवंशीको दुवै मृगौला फेल भएर दाता महानुभावहरूको सहयोगमा अस्पतालमा डाइलोसिस भइरहेको थियो।

One thought on “मृतक परिवारलाई सहयोग रकम हस्तान्तरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *