• Tue. Jun 24th, 2025

मारवाडी भाषाका साहित्यकार तायलको एकल कविता वाचन

BySaptahik Samachar

१३ माघ २०८०, शनिबार १६:०० १३ माघ २०८०, शनिबार १६:०० १३ माघ २०८०, शनिबार १६:००

भद्रपुर १३,माघ / मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
डाइनामिक ग्रुप नेपालको सातौँ वार्षिकोत्सवको अवसरमा उद्योगपति समेत रहेका तायलको एकल कविता वाचन शुक्रबार सम्पन्न भएको हो ।
भद्रपुर- ६ स्थित भद्रपुर मारवाडी संघको कार्यालय परिसरमा भएको कार्यक्रममा अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल,विशेष अतिथि कोसी प्रदेशका पूर्व मन्त्री ओमप्रकाश सरावगी, प्राज्ञ हरिप्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ , सनलाइट संगीत विद्यालय विर्तामोडका सञ्चालक एवम् संगीत गुरु कृष्ण योञ्जन, भद्रपुर साहित्य,संगीत कला प्रतिष्ठानका अध्यक्ष तथा पत्रकार चिन्तामणि दाहाल, वर्तमान साहित्य प्रतिष्ठान भद्रपुरका अध्यक्ष डिल्लीरमण नेपाल, गायक तथा संगीतकार हस्त परियार, साहित्यकार राजेन्द्र सङ्ग्रौला, लोकगायक अनिरुद्र ओली, साहित्यकारहरु दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, होम सुवेदी, तीर्थ चापागाईँ, राजेन्द्र कश्यप अधिकारी, गीतकार तथा कवि टीका भट्टराई नेपाल,निर्मला वास्तोला दंगाल, मारवाडी मञ्च भद्रपुरका अध्यक्ष अजय साहेवाला लगायत मारवाडी समुदाय र साहित्य,संगीत र कलासंग सम्वन्धित शुभचिन्तकहरुको व्यापक सहभागिता रहेको थियो।

सांगीतिक र सांस्कृतिक झलकहरू पनि प्रस्तुत गरिएको कार्यक्रममा बाचन गरिएको एकल कविताले देश,काल, परिस्थिति, समसामयिक अवस्था, समाजमा विद्यमान विकृति,विसंगति, राजनैतिक कुसंस्कार, भ्रष्टाचार आदि विषयलाई उठान गरेको थियो।
कविको व्यक्तित्वमाथि साहित्यकार कृष्ण सुवेदी ‘निराकार’ले चर्चा गरेको कार्यक्रममा अध्यक्ष खुसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साहित्यकार देवीचरण भण्डारी, कलाकार अर्जुन खरेल र चन्द्रमणि पौडेलले पालैपालो सञ्चालन गरेको कार्यक्रममा डाइनामिक ग्रुपकी उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो।

७५ वर्षीय तायलले मारवाडी भाषाका एकदर्जन कविता वाचन गर्नु भएको थियो। पहिलो पटक कवि तायललाई डाइनामिक ग्रुपले कविता वाचनका लागि मञ्चमा उभ्याएको हो। कार्यक्रममा तायलको शब्द अनि प्राज्ञ हरि पौडेलको संगीत रहेको “अपनो देश नेपाल” बोलको मारवाडी भाषाको देश प्रेमले ओतप्रोत भएको गीत गायकहरु सिमरन आचार्य, अनिता पौडेल,राधा रिमाल अधिकारी, अर्जुन खरेल, गोविन्द रहपाल र निरज पोखरेलले गाउनु भएको थियो।
एकल कविता वाचन पूर्व डाइनामिक ग्रुपले तायल दम्पतीलाई (लक्ष्मीदेवी तायलसमेतलाई ) अभिनन्दन गरेको थियो। अभिनन्दित भइरहँदा नौमती बाजा समूहले नौमती बाजाको धुनले वातावरण गुञ्जायमान भैरहेको थियो। सोही कार्यक्रममा मारवाडी संघ भद्रपुरले पनि कवि तायललाई सम्मान गरेको थियो। एकल कविता वाचनको अन्त्यमा कवि तायलले मन्तव्य राख्तै डाइनामिक ग्रुपले आफूलाई कविको रुपमा उभ्याएर यो अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रममा सप्तक संगीत विद्यालय विर्तामोडका सञ्चालक एवम् संगीत गुरु शास्त्रीय संगीतका ज्ञाता सरोज वत्स, डाक्टर कुमार सुवेदी, उक्त विद्यालयका विद्यार्थीहरु प्रज्वल पोखरेल,प्रशान्त पोखरेल,उदास शंकर, अभिजित अधिकारी,प्रिया श्रेष्ठ,सन्दीप सापकोटा र उज्वल विमलीले सांगीतिक प्रस्तुति दिनुभएको थियो।यसैगरी डाइनामिक ग्रुपकी पवित्रा ओली, निरज पोखरेल, अर्जुन खरेल,उमेश पाण्डे, प्राञ्जल साधना केन्द्रका विद्यार्थीहरु आयुष्मा घिमिरे, अनिता पौडेल, सिमरन आचार्य र युनिक पाण्डेले आ- आफ्नो सांगीतिक प्रस्तुति दिनु भएको थियो। कार्यक्रममा बुधवारे निवासी गायिका ज्योति खातीले पनि सुमधुर स्वरमा गीत गाएर दर्शक स्रोताको मन जित्नु भएको थियो। कार्यक्रमको प्रारम्भमा माही शर्माको आकर्षक नृत्य रहेको थियो।कार्यक्रममा प्राञ्जल साधना केन्द्रकी संगीता आचार्य र कल्पना भट्टराईले पनि नृत्य प्रस्तुत गर्नु भएको साहित्यकार तथा डाइनामिक ग्रुपका सल्लाहकार देवीचरण भण्डारीले उल्लेख गर्नुभएको छ ।

575 thoughts on “मारवाडी भाषाका साहित्यकार तायलको एकल कविता वाचन”
  1. pharmacie en ligne sans ordonnance [url=http://pharmaciepascher.pro/#]pharmacie en ligne pas cher[/url] pharmacie en ligne france livraison belgique

  2. Hey! I understand this is kind of off-topic but I
    had to ask. Does running a well-established blog like yours
    require a lot of work? I’m brand new to blogging however I do
    write in my journal every day. I’d like to start a blog
    so I can share my own experience and thoughts online.

    Please let me know if you have any kind of recommendations or tips for brand new aspiring bloggers.
    Appreciate it!

  3. Hi this is somewhat of off topic but I was wanting to know if blogs use WYSIWYG editors or if you have to manually code with HTML.
    I’m starting a blog soon but have no coding know-how so I wanted to get guidance from someone
    with experience. Any help would be enormously
    appreciated!

  4. I am extremely impressed with your writing talents and also with the format on your blog. Is this a paid subject matter or did you customize it yourself? Either way stay up the excellent quality writing, it is uncommon to see a nice blog like this one these days!

  5. This get rich timely – No fees required method has been used next to celebrities and influencers to work less and earn more. Thousands of people are already turning $5 into $500 using this banned method the government doesn’t longing you to have knowledge of about.

Leave a Reply to akkaunty-optom.live_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *