• Sun. Sep 8th, 2024

मातातीर्थका अवसरमा सम्मान र शुभकामना

BySaptahik Samachar

७ बैशाख २०८०, बिहीबार १९:५२ ७ बैशाख २०८०, बिहीबार १९:५२ ७ बैशाख २०८०, बिहीबार १९:५२

भद्रपुर / माता तीर्थ औंशीको अवसर पारेर विहीबार प्रादेशिक अस्पताल भद्रपुरका विरामी र अपाङ्गता भएकाहरूलाई फलफूल वितरण गरिएको छ। भद्रपुर – ५ नयाँ बजार निवासी स्व. नरसिंह सिंहको स्मृतिमा उहाँको छोरी लक्ष्मी सिंहको सहयोगमा प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भएका १५० जना विरामी र खगेन्द्र नवजीवन केन्द्र नेपाल अपाङ्ग संघ भद्रपुर झापामा रहेका फरक क्षमता भएका १४ जना बालबालिकाहरुलाई स्याउ,केरा,बिष्कुट,फ्रुटी, वितरण गरिएको हो।


समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर सहित वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी गुल्म भद्रपुरको आयोजनामा फलफूल वितरण गरेको सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका अध्यक्ष शीला खड्काले जानकारी दिनुभयो।
त्यसैगरी भद्रपुर – ८ न. वडामा क्रियाशील सामाजिक संस्था महिला वालवालिका तथा जागरण अभियानले आफ्नो सरोकार क्षेत्र अन्तर्गत रहेका जेष्ठ आमाहरूलाई सम्मान गरेको छ। संस्थाका सदस्यहरूले सरोकार क्षेत्रभित्र रहेका ९ जना जेष्ठ आमाहरूको घरमै पुगेर खाद्यान्न सहित सम्मान गर्दै आशीर्वाद ग्रहण गरेका थिए।

One thought on “मातातीर्थका अवसरमा सम्मान र शुभकामना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *