• Wed. Jun 18th, 2025

महेन्द्र पार्क विवादः सालिक राख्न रोक/नेपालगञ्जमा झडप

BySaptahik Samachar

१९ जेष्ठ २०७९, बिहीबार १६:२३ १९ जेष्ठ २०७९, बिहीबार १६:२३ १९ जेष्ठ २०७९, बिहीबार १६:२३

भद्रपुर १९, जेठ / झापाको चन्द्रगढीस्थित महेन्द्र पार्कमा पूर्व राजा महेन्द्र शाहको सालिक पुनर्स्थापना गर्न तत्काललाई रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको सर्वपक्षीय बैठकले बिना अनुमति अनधिकृत रुपमा त्यहाँ पूर्व राजा महेन्द्रको सालिक पुनर्स्थापना गर्न नदिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की सम्मिलित सर्वपक्षीय बैठकले भद्रपुर नगरक्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरुको संरक्षण र सौन्दर्यकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगर सभाको निर्णय पछि मात्र कार्यान्वयन गर्ने सहमति गरेको को छ। नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरुमा अनधिकृत रुपमा संरचना निर्माण , रंगरोगन ,सालिक निर्माण , अतिक्रमण जस्ता कार्य हुन नदिने निर्णय गर्दै त्यस सम्बन्धमा आवश्यक परेमा नगरपालिकाले स्थानीय प्रशासनसंग समन्वय गर्ने समेत निर्णय भएको छ ।


स्वतन्त्र युवा समूह नामक संस्थाले जीर्ण बन्दै गएको महेन्द्र पार्कलाई सजाएर सालिक भत्काइएको ठाउँमा महेन्द्रको अर्को सालिक पुनर्स्थापना गर्न खोजेको हो । जेठ २१ गते सालिक राख्ने कार्यक्रम तय भएको र बिर्तामोडका जयनारायण ढुंगानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोजेको अनौपचारिक जानकारी प्राप्त भए पछि सर्वपक्षीय वैठक राखिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) -को अगुवाइमा सालिक राख्न खोजिएको भन्ने विषयमा सो पाटीका तीन नं. क्षेत्रीय अध्यक्ष नवराज पनेरू’राजु’ ले राप्रपा राजतन्त्र पक्षधर पार्टी भए पनि सालिक राख्ने काम राप्रपाले नगरेको स्पष्ट पार्नुभयो। त्यस्तै राप्रपाका तर्फबाट भद्रपुर नगर उपप्रमुखमा निर्वाचित राधा कार्कीले सालिक राख्न नगरपालिकालाई औपचारिक जानकारी नआएको स्पष्ट पार्दै राप्रपा महेन्द्र पार्कमा सालिक राख्ने कुराको विपक्षमा भने नरहेको उल्लेख गर्नुभयो।
उता, राजा वीरेन्द्र लगायत परिवारकै वंश नास भएको दिन पारेर जेठ १९गते विहीबार आज नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको सालिक राख्ने र राख्न नदिने प्रहरी वीच ढुंगामुढा भएपछि त्यहाँको स्थिति तनावपूर्ण भएको छ ।
पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा राख्न चाहनेहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको बताइन्छ ।
झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित गरिएको छ।
यसैबीच, राजाबादीले जबर्जस्ती पुनर्स्थापना गरिएको पूर्वराजा वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि भएको तनाव बढेर सहिद सेतु बिकको सालिक तोडफोड भएको छ । आज आक्रोशित भीडले न्यूरोडमा राखिएको जनआन्दोलनका सहिद सेतु विकको सालिक तोडफोड गरेको हो ।

108 thoughts on “महेन्द्र पार्क विवादः सालिक राख्न रोक/नेपालगञ्जमा झडप”
  1. Helpful tips, With thanks!
    casino en ligne
    Kudos, A lot of content.
    casino en ligne
    You made your position pretty well!.
    casino en ligne francais
    Kudos! I like it.
    casino en ligne fiable
    Great content, Appreciate it.
    casino en ligne fiable
    Helpful tips Thanks a lot!
    casino en ligne
    Appreciate it! Lots of tips.
    casino en ligne France
    Excellent posts Thanks!
    casino en ligne francais
    Nicely put, With thanks!
    casino en ligne France
    Factor effectively utilized!.
    casino en ligne

Leave a Reply to RandalSit Cancel reply

Your email address will not be published. Required fields are marked *