• Thu. Jun 19th, 2025

महिला तथा बालबालिका जागरण अभियानको अध्यक्षमा नीता श्रेष्ठ

BySaptahik Samachar

२२ माघ २०७९, आईतवार २०:४३ २२ माघ २०७९, आईतवार २०:४३ २२ माघ २०७९, आईतवार २०:४३

शिक्षासेवी घिमिरे, भुर्तेल र रेग्मी सम्मानित

भद्रपुर / भद्रपुरमा सामाजिक तथा चेतनामूलक गतिविधिमा सक्रिय महिला तथा बालवालिका जागरण अभियानको सोह्रौ बार्षिक साधारण सभा एवं चौथो अधिवेशन आज भद्रपुरमा सम्पन्न भएको छ ।
प्रदेश सांसद मेाहन महर्जनको प्रमुख आतिथ्य, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको विशिष्ट आतिथ्य र संस्थाकी अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी प्रभा घिमिरे , महिला नेतृ तारा भुर्तेल र संस्थालाई सदैव सहयेाग गर्ने संस्थाकी जेष्ठ सदस्य इन्दिरा रेग्मीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटनका अवसरमा प्रमुख अतिथि सांसद महर्जन, विशिष्ट अथिति नगर प्रमुख पेाखरेल, रेडक्रस झापाका सभापति लेाकराज ढकाल ,मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी ,रेडक्रसका पुर्व केन्द्रीय केाषाध्यक्ष भक्त खवास ,सगरमाथा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तोया गडतैाला,नेपाल अलैंची व्यवसायी महासंघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे ,पत्रकार माधव विद्रोही ,पत्रकार इशा प्रधान ,पूर्व प्रअ.जयन्ती मानी र नेकपा माओवादी केन्द्रकी भद्रपुर नगर उपाध्यक्ष स्वर्णिका सिंहले शुभकामना मन्तब्य राख्नु भएको थियो।

सो अधिवेशनले नीता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ। सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा आरती पन्त, सचिवमा हिरा श्रेष्ठ, कोषाध्यक्षमा शुष्मा दाहाल र सहसचिवमा पार्वती ओझा हुनुहुन्छ भने सदस्यहरूमा कल्पना चौधरी, विमला तिम्सिना, गंगा सापकोटा, रञ्जना खड्का, देवी कार्की र आशा मैनाली रहनुभएको छ।

113 thoughts on “महिला तथा बालबालिका जागरण अभियानको अध्यक्षमा नीता श्रेष्ठ”

Leave a Reply to social-accounts-marketplace.live_swile Cancel reply

Your email address will not be published. Required fields are marked *