• Tue. Mar 17th, 2026

महालक्ष्मी इन्स्योरेन्सद्वारा ढकाललाई ८ लाख ४० हजारको चेक हस्तान्तरण

BySaptahik Samachar

१४ जेष्ठ २०८०, आईतवार ०७:४८ १४ जेष्ठ २०८०, आईतवार ०७:४८ १४ जेष्ठ २०८०, आईतवार ०७:४८

बिमितबाट एक किस्ता मात्रै रकम उपलब्ध

भद्रपुर १४ जेठ / महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रगढी शाखाले मृत्यु दाबी भुक्तानी बापत मेनुका ढकाललाई चेक हस्तान्तरण गरेको छ। बिमित सुमनकुमार ढकालको मृत्यु पश्चात् विमाङ्क ८ लाख र थप बोनस ४० हजार सहित ८ लाख ४० हजारको चेक शनिबार हस्तान्तरण गरिएको हो। एक विशेष कार्यक्रमका बीच DRM गुन्जन थापा र शाखा प्रमुख गीर्वाण भट्टराईले सो रकम बराबरको चेक हस्तान्तरण गरेको इन्स्योरेन्स कम्पनीको चन्द्रगढी शाखाले जनाएको छ।

” मृत्यु भएका ढकालले बिमा सुरु गरेको नौ महिना मात्रै भएको थियो” शाखा प्रबन्धक गीर्वाण भट्टराईले भन्नुभयो -” उहाँको एक किस्ता प्रिमियम मात्रै उपलव्ध भएको थियो। तर, त्यही बीचमा दुःखद घटना भएकाले उहाँको नोमिनीलाई चेक-रकम हस्तान्तरण गरेका हौं” – भट्टराईले भन्नुभयो।
२०७८ माघ ३० गतेबाट पोलिसी सुरु गरेका ढकालको गत कात्तिक २० गते निधन भएको थियो भने परिवारले माघ ३० गते बीमा रकम प्राप्तिका लागि मृत्यु दाबी भुक्तानी मांग गरेका थिए। बीमा रकम भुक्तानीसंगै सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर र एजेन्सी रिफ्रेस्मेन्ट कार्यक्रम समेत गरिएको त्यस अवसरमा DRM थापाले बीमा पोलिसीका वारेमा र शाखा प्रबन्धक भट्टराईले कम्पनीका अन्य सेवा सुविधाका वारेमा प्रष्ट्याउनु भएको जनाइएको छ।

113 thoughts on “महालक्ष्मी इन्स्योरेन्सद्वारा ढकाललाई ८ लाख ४० हजारको चेक हस्तान्तरण”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *