• Thu. Jun 26th, 2025

भोजपुरमा आगलागीबाट एकै परिवारका तीन बालबालिकाको निधन

BySaptahik Samachar

३ चैत्र २०८०, शनिबार २१:४३ ३ चैत्र २०८०, शनिबार २१:४३ ३ चैत्र २०८०, शनिबार २१:४३

भद्रपुर ३,चैत / भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

आगलागीबाट मोरङकाे रंगेलीमा सिंगाे सन्थाल बस्ती जलेर नष्ट

यता, मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।

प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्का झर्दा आगलागी सुरु भएको थियो । विद्युत सर्ट हुँदा निस्किएकाे झिल्काेबाट फुसकाे छानाेमा आगाे लागे पछि अन्य घरमा आगाे सल्किएकाे थियाे ।
बाँस र सन्ठीको टाटी  भएकाे घरमा रहेकाे सवै सामानहरू जलेका छन् ।

रामेछापका १२ घरमा आगलागी, करोडौँको क्षति
मन्थली– जिल्लाको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको आगलागीबाट एक करोड ८६ लाख ३१ बराबरको क्षति भएको छ । 
आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो । 
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण संकलन गरिएको हो । 
आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो।

69 thoughts on “भोजपुरमा आगलागीबाट एकै परिवारका तीन बालबालिकाको निधन”
  1. Really a good deal of fantastic info!
    http://gitea.smartscf.cn:8000/giadonald1082
    Many thanks. Awesome information!
    https://git.the-kn.com/titusf88366450
    Amazing facts Appreciate it!
    https://retoor.molodetz.nl/stephanyann05
    Lovely info, With thanks!
    https://uiki.link/ramonableasdal
    Wow many of beneficial data.
    https://templeos.slendi.dev/louannranking5
    You have made the point!
    https://gogs.sxdirectpurchase.com/rosariojacks02
    Amazing stuff. Thanks a lot!
    http://why-be.why-be.co.kr/bbs/board.php?bo_table=as_center&wr_id=113821
    Thanks a lot. A good amount of tips!
    https://www.quality-lab.net/employer/cpstest-solutions
    Thanks! Quite a lot of knowledge.
    http://git.hwasmart.com/nanniemullings
    You stated it fantastically!
    https://www1.goodstein.org/maybellebroadn

Leave a Reply to RonaldThita Cancel reply

Your email address will not be published. Required fields are marked *