![](https://saptahiksamachar.com.np/wp-content/uploads/2024/03/Screenshot_20240316_211117.jpg)
भद्रपुर ३,चैत / भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।
आगलागीबाट मोरङकाे रंगेलीमा सिंगाे सन्थाल बस्ती जलेर नष्ट
यता, मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।
प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्का झर्दा आगलागी सुरु भएको थियो । विद्युत सर्ट हुँदा निस्किएकाे झिल्काेबाट फुसकाे छानाेमा आगाे लागे पछि अन्य घरमा आगाे सल्किएकाे थियाे ।
बाँस र सन्ठीको टाटी भएकाे घरमा रहेकाे सवै सामानहरू जलेका छन् ।
![](https://saptahiksamachar.com.np/wp-content/uploads/2024/03/Screenshot_20240316_211514.jpg)
link to original articlePubMed Stuart Harris R, Dowsett M, Bozek T, McKinna JA, Gazet JC, Jeffcoate SL, Kurkure A, Carr L, Smith IE amoxicillin clavulanate over the counter Gareth Leng 13 55, 16 December 2008 UTC