१ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले डोटीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
हत्यामा संलग्नलाई कडा कारबाहीका लागि प्रधानमन्त्रीबाट तुरुन्त निर्देशन जारी गर्न पनि उनले माग गरेकी छन् । हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्री रामबहादुर थापा (बादल)ले राजीनामा दिनुपर्ने उनको मत छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै संग्रौलाले भनेकी छन्, ‘भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउन्जेल हाम्रो संघर्ष जारी रहने छ । यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी संवन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहिकालागि निर्देशन गरियोस् । यदि तुरुन्तै दोषी पत्ता लगाउन नसक्ने हो भने अविलम्व गृहमन्त्रीले राजिनामा दिनु पर्दछ ।’
घटना भएको धेरै दिन बितिसक्दा पनि सरकारले दोषीलाई कानुनीमा दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उनको भनाइ छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘देशमा राजनैतिक संकट गहिरिदै जाँदा समाजमा बलात्कार पश्चात् हत्याका घटनाक्रम बढ्दै जानुले देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्ने सरकारको दायित्व उदाङ्गिएको छ । घटना घटेको यतिका दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारप्रति गम्भिर प्रश्न उब्जिएको छ । निर्मला पन्त लगायतका बलात्कारका घटनालाई सरकारले आजसम्म पनि कानूनी दायरामा ल्याई न्याय दिन नसकेको वर्तमान अवस्थामा कतै सरकारले दोषीलाई संरक्षण गरिरहेको त छैन ? भनी आम नागरिकले आशंका व्यक्त गरिरहेका छन् ।’
नेतृ संग्रौलाले सुदूरपश्चिम सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्नुपर्ने पनि बताएकी छन् । अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भागरथी भट्टको परिवारलाई न्याय दिलाउन उनले सरकार लगायत सम्बद्घ सबै पक्षमा अनुरोध गरेकी छन् ।
साभार :onlinekhabar.com
I appreciate you sharing this blog post. Thanks Again. Cool.
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.
I appreciate you sharing this blog post. Thanks Again. Cool.
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
Pretty! This has been a really wonderful post. Many thanks for providing these details.
I do not even understand how I ended up here, but I assumed this publish used to be great
I appreciate you sharing this blog post. Thanks Again. Cool.
I do not even understand how I ended up here, but I assumed this publish used to be great
There is definately a lot to find out about this subject. I like all the points you made
For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
very informative articles or reviews at this time.
Nice post. I learn something totally new and challenging on websites