• Tue. Jun 24th, 2025

भद्रपुर रेडक्रसबाट ७ न. वडामा प्राथमिक उपचार तालिम शुरू

BySaptahik Samachar

१७ जेष्ठ २०८२, शुक्रबार १८:०९ १७ जेष्ठ २०८२, शुक्रबार १८:०९ १७ जेष्ठ २०८२, शुक्रबार १८:०९

भद्रपुर १६ ,जेठ / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले भद्रपुर नगर पालिकाको ७ नम्बर वडा कार्यालयमा आधारभूत प्राथमिक उपचार सम्बन्धी ३ दिने प्रशिक्षण शुरू गरेको छ।
७ नम्बर वडा कार्यालयको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको समुद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख नगर प्रमुख गणेश पोखरेलले गर्नु भएको थियो। वडाका कार्यवाहक वडाअध्यक्ष केदारप्रसाद निरौलाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेल र नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महतले मन्तव्य राख्नु भएको थियो।

रेडक्रस कर्मीहरू कृष्ण मैनाली,हरिशरण खड्का र प्रकाश कार्कीले सहजीकरण गरिरहेको प्रशिक्षणको उद्घाटन समारोहमा भद्रपुर रेडक्रसका निवर्तमान सभापति गोपाल गिरीले तालिमको औचित्य सहित स्वागत मन्तव्य राख्नु भएको थियो। प्रशिक्षणमा ७ नम्बर वडा अन्तर्गतका टोल विकास संस्था र संघ संस्थाका प्रतिनिधि ३५ जना प्रतिनिधि सम्मिलित छन् ।

2 thoughts on “भद्रपुर रेडक्रसबाट ७ न. वडामा प्राथमिक उपचार तालिम शुरू”
  1. What i don’t understood is in truth how you are no longer actually a lot more neatly-appreciated than you might be right now. You’re very intelligent. You realize therefore considerably relating to this subject, made me individually believe it from numerous numerous angles. Its like men and women don’t seem to be interested except it’s one thing to accomplish with Lady gaga! Your individual stuffs nice. At all times deal with it up!

Leave a Reply

Your email address will not be published. Required fields are marked *