• Fri. Oct 10th, 2025

भद्रशीवा महिला बचत तथा ऋण सहकारीको १५ औं साधारण सभा सम्पन्न

BySaptahik Samachar

२१ भाद्र २०८२, शनिबार १५:३७ २१ भाद्र २०८२, शनिबार १५:३७ २१ भाद्र २०८२, शनिबार १५:३७

भद्रपुर २१, भदौ / भद्रशीवा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले उत्कृष्ट र ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्दै १५ औं साधारण सभा सम्पन्न गरेको छ।

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र सहकारीकी अध्यक्ष सुमिका खनालको अध्यक्षतामा आज १५औं वार्षिक साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा उत्कृष्ट बचतकर्ता कल्पना पोखरेल र नयनकुमारी राजवंशी तथा उत्कृष्ट ऋणी चिलाई राजवंशी र गंगा सहनीलाई पुरस्कृत गरिएको थियो। त्यस्तै जेष्ठ सदस्य शोभा शर्मा र धरणी न्यौपानेलाई सम्मान गरिएको थियो भने सेयर सदस्य सन्ततिहरूमध्ये एसइइमा उत्कृष्ट अङ्क प्राप्त गर्ने सेयर सदस्य सुशिला उप्रेती प्रर्साईको छोरी अन्शु प्रसाई र शेयर सदस्य सनमती राजवंशीका छोरा पारस राजवंशीलाई पुरस्कृत गरिएको थियो ।

२८९ जना सदस्य रहेको यस सहकारीले ६ लाख ८४ हजार १७७ रुपैयाँ१३ पैसा आर्थिक वर्ष २०८१ /०८२ मा वितरण योग्य नाफा आर्जन गरेको जनाइएको छ। साथै,सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति आधारभूत विद्यालय र पृथ्वी आधारभूत विद्यालयका नानीबाबुलाई ५६ थान ब्याग वितरण गरेको प्रतिवेदनमा समेटिइएको छ।
साधारण सभामा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, वडाध्यक्ष गौरव सुब्बा मनोज, सदस्य भगवती बस्नेत, समाजसेवी घनेन्द्र न्यौपाने, तारादेवी भुर्तेल, पदम खड्का, तोसल दाहाल ,नन्दप्रसाद दाहाल र पण्डित खगेन्द्रप्रसाद दाहाल लगायतले बोल्नुभएको थियो।

साधारण सभाले अध्यक्ष खनालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन  र कोषाध्यक्ष सरिता भट्टराईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो। कार्यक्रमको सञ्चालन सचिव पार्वती रिसाल दाहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रतिमा अधिकारीले राख्नु भएको थियो।

One thought on “भद्रशीवा महिला बचत तथा ऋण सहकारीको १५ औं साधारण सभा सम्पन्न”
  1. Hello there, simply become alert to your blog thru Google, and located that it is really informative. I am going to be careful for brussels. I’ll be grateful when you continue this in future. Numerous folks might be benefited out of your writing. Cheers!

Leave a Reply to Alexandria Trawick Cancel reply

Your email address will not be published. Required fields are marked *