• Mon. Oct 6th, 2025

भद्रशिवाको साधारण सभामा सम्मान

BySaptahik Samachar

५ चैत्र २०७८, शनिबार २०:२१ ५ चैत्र २०७८, शनिबार २०:२१ ५ चैत्र २०७८, शनिबार २०:२१
 भद्रपुर,५ चैत / विशिष्ट संरक्षकहरूलाई सम्मान गर्दै झापा भद्रपुर-८ मा अवस्थित भद्रशिवा भगवती मन्दिरको २१औं साधारण सभा सम्पन्न भएको छ। मन्दिरलाई ५१ हजार भन्दा वढी रकम सहयोग गर्ने दातालाई विशिष्ट संरक्षक सदस्यका रूपमा सम्मान गरिएको हो। 

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।मन्दिरलाई सहयोग गर्ने १६ जना दातालाई विशिष्ट संरक्षक सदस्यता प्रदान गरिएको साधारण सभाले आगामी दुई वर्षका लागि कुलमाया राई कुन्तीको अध्यक्षतामा कार्य समिति समेत चयन गरेको छ।
समितिको उपाध्यक्षमा मंजुला श्रेष्ठ ,सचिबमा याम कुमारी भण्डारी, सह सचिवमा अम्बीका ओझा र कोषाध्यक्षमा सबिता पोखरेल चयन हुनुभएको छ।

मन्दिर संचालक समितिकी अध्यक्ष प्रमिला कोइरालाको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ सहित ८नं.वडा अध्यक्ष गौरव सुव्वा, नेपाल उद्योग वाणिज्य संघका प्रदेश एक अध्यक्ष टीकाराज ढकाल, अधिवक्ता कुलप्रसाद दाहाल, उपप्राध्यापक होम सुवेदी तथा समाजसेवीहरू इमानाथ कट्टेल, घनेन्द्र शर्मा, कुन्ती राई, मन्जुला श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो। सचिव पार्वती रिसाल दाहालले संचालन गरेको कार्यक्रममा अध्यक्ष कोइरालाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हिमा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रतिमा अधिकारीले शब्दद्वारा स्वागत गर्नुभएको थियो।

11 thoughts on “भद्रशिवाको साधारण सभामा सम्मान”
  1. Этот информационный обзор станет отличным путеводителем по актуальным темам, объединяющим важные факты и мнения экспертов. Мы исследуем ключевые идеи и представляем их в доступной форме для более глубокого понимания. Читайте, чтобы оставаться в курсе событий!
    Подробнее можно узнать тут – https://quick-vyvod-iz-zapoya-1.ru/

Leave a Reply to Ankara Escort Reviews Cancel reply

Your email address will not be published. Required fields are marked *