• Thu. Nov 20th, 2025

भद्रपुर ६ नं. वडाद्वारा दशैँको शुभकामना आदानप्रदान

BySaptahik Samachar

२१ आश्विन २०८१, सोमबार १७:२४ २१ आश्विन २०८१, सोमबार १७:२४ २१ आश्विन २०८१, सोमबार १७:२४

दुई सय विपन्न महिलालाई सहयोग

भद्रपुर २१,असोज / भद्रपुर नगर पालिका,६ नम्बर वडा समितिले वडा दशैँ २०८१ को अवसरमा शुभकामना आदानप्रदान गर्दै दुई सय महिलालाई खाजा नास्तासहित साडी,गम्छा वितर‌ण गरेको छ।
वडा समितिले विभिन्न दाता महानुभावहरूबाट सहयोग जुटाई वडा भित्रका विपन्न एकल तथा जेष्ठ महिलाहरू छनोट गरी ती सामग्री आज वितर‌ण गरेको हो।

भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र ६ नम्बर वडाअध्यक्ष रतिया राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा सहयोगदाताहरूप्रति आभार प्रकट गरिएको थियो।
त्यसरी सहयोग गर्ने दाताहरूमा अजयकुमार साहेवाला,यमवहादुर श्रेष्ठ, विनय गोयल, टीकाराज ढकाल, गोपाल साहेवाला,मुकेश मित्रुका, समनसिंह राजवंशी,उत्तम राजवंशी, राजेन्द्र चापागाईं, गोविन्द अग्रवाल, चण्डी पराजुली,दिपेश ढकाल, शीला खड्का,मोहित शर्मा, नरेन्द्र बराल, भक्ति अधिकारी,जेष्ठमल ठाकुर, वीरसिंह राजवंशी,अदिती राजवंशी,मेर्या राजवंशी र प्रदिपमणि रेग्मी रहेको वडाअध्यक्ष राजवंशीले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पाेखरेल, दाता टीकाराज ढकाल र अजय साहेवालालगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य सन्ध्या हाडाले स्वागत मन्तव्य र वडा सदस्य प्रकाश शर्माले कार्यक्रम संचालन गर्नु भएको थियो।

36 thoughts on “भद्रपुर ६ नं. वडाद्वारा दशैँको शुभकामना आदानप्रदान”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply to Kuwin Cancel reply

Your email address will not be published. Required fields are marked *