• Tue. Jun 24th, 2025

भद्रपुर रेडक्रसको १७ औं साधारण सभा सम्पन्न

BySaptahik Samachar

१० पुष २०७९, आईतवार १८:२९ १० पुष २०७९, आईतवार १८:२९ १० पुष २०७९, आईतवार १८:२९

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको १७ औं साधारण सभा सम्पन्न भएको छ। प्रदेश एकका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र उपशाखा सभापति गोपाल गिरीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले उपशाखा सभापति गिरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आगामी कार्य योजनाहरू तथा कोषाध्यक्ष शीला भट्टराई बरालद्वारा प्रस्तुत आय व्यय विवरण सर्वसम्मतले पारित भएको थियो।
साधारण सभामा प्रमुख अतिथि मन्त्री सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा उपसभापति गोपालप्रसाद भुर्तेलले स्वागत मन्तव्य र सचिव धनकुमारी खरेल’लता’ ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साधारण सभामा समाजसेवी तथा आजीवन सदस्यहरू रमेश पोखरेल,गोविन्द कोइराला,देवकुमार उपाध्याय लगायतले विभिन्न जिज्ञासा तथा सुझावहरू राख्नुभएको थियो।
साधारण सभामा उठेका जिज्ञासा र सुझावहरूका विषयमा सभापति गिरीले स्पष्ट पारेपछि विभिन्न निर्णय सहित साधारण सभा सम्पन्न भएको हो। प्रस्तावहरू लेखनका लागि मञ्जु दाहाल-पोख्रेल, गणेश गिरी र रमेश भण्डारी रहनुभएको थियो भने साधारण सभामा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, रेडक्रसका पूर्व केन्द्रीय कोषाध्यक्ष भक्त खवास, पूर्व केन्द्रीय सदस्य तथा जग्गादाता नन्दप्रसाद पौडेल, यशस्कर सदस्य धनजुजु श्रेष्ठ लगायत वडाध्यक्षहरू बन्धु कार्की, गौरव सुव्वा-मनोज सहित विशिष्ट र आजीवन सदस्यहरूको उपस्थिति थियो। भद्रपुर उपशाखाको नयाँ कार्यसमिति गठन हुँदैछ। यस्का लागि भोलि मनोनयन पत्र दर्ता र पुस १५ गते निर्वाचन हुने कार्यक्रम छ।

125 thoughts on “भद्रपुर रेडक्रसको १७ औं साधारण सभा सम्पन्न”
  1. ¡Saludos, aventureros del azar !
    Casino online extranjero con autenticaciГіn segura – п»їhttps://casinosextranjerosenespana.es/ mejores casinos online extranjeros
    ¡Que vivas increíbles jugadas excepcionales !

  2. ¡Saludos, entusiastas del éxito !
    Mejores casinos online extranjeros con interfaz moderna – п»їhttps://casinoextranjerosdeespana.es/ casinoextranjerosdeespana.es
    ¡Que experimentes maravillosas premios excepcionales !

Leave a Reply to 最佳Binance推荐代码 Cancel reply

Your email address will not be published. Required fields are marked *