प्रतियोगितालाई युवा उद्योगी ढकालद्वारा एक लाख प्रायोजन

भद्रपुर १९,भदौ / दशैँको घटस्थापना अर्थात् आगामी असोज १७ गते विहीवारका दिन भद्रपुरमा हुने दौड प्रतियोगिताको दुरी र रूट निश्चित भएको छ। पुरुष र महिलाको अलग अलग प्रतिस्पर्धाका लागि दुरी र रूट तय भएको आयोजक समितिले जनाएको छ।
‘ भद्रपुर रन ‘ नाम दिएर भद्रपुर नगरपालिका वडा नम्बर ८ को आयोजनामा हुन लागेको प्रतियोगितामा प्राविधिक उपसमितिको सिफारिसमा पुरुषका लागि ८.८ किलोमिटर र महिला तर्फ ६•२ किलोमिटर दुरी तय भएको आयोजक समितिले जनाएको छ।
८ नम्बर वडा अध्यक्ष तथा व्यवस्थापन समितिका संयोजक गौरव सुव्वा’मनोज’-को अध्यक्षतामा
आज (बुधवार) बसेको व्यवस्थापन समितिको बैठकले प्रतियोगितालाई प्रभावकारी र औचित्यपूर्णं बनाउन सन्देशमुलक विभिन्न नाराहरू तय गरिएको संयोजक सुब्बाले जानकारी दिनुभयो।
प्रतियोगितालाई सम्पन्न गर्न भद्रपुर झापा गोल्ड कपमा अध्यक्ष तथा युवा उद्यमी दिपेश ढकालले आफ्ना पिता प्रेमप्रसाद ढकालको स्मृतिमा भद्रपुर रनलाई प्रायोजन गर्दै रू.१ लाख प्रदान गर्नुभएको जनाइएको छ। त्यस्तै, उद्योगी भक्तप्रसाद अधिकारीले रू.५० हजार, नितेश बर्माले २१ हजार, मनोज श्रेष्ठले १० हजार र सांसद मोहन महर्जनले रू.५ हजार सहयोग पुर्याउनु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन तथा लागु औषध दुर्व्यसन न्यूनीकरण गर्दै शारीरिक तन्दुरुस्ती र उच्च मनोबलका साथ जीवन जिउनका लागि प्रतियोगिता आयोजन गरिएको प्रतियोगिता असोज १७ गते विहान ७•०० बजे भद्रपुर -८ को सगरमाथा चोकबाट सुरू हुने प्रतियोगितामा पुरुषले विद्युत प्राधिकरण, जिल्ला प्रशासन, कारागार हुँदै पूर्व भद्रपुर-धुलावारी मार्गको घोडामारा भएर गणेश मन्दिर, जनता चोक, संगम चोकबाट पुनः सगरमाथा चोकमा टुङ्गिनेछ भने महिलाहरूले सगरमाथा चोकबाट शुरू गरेर बिद्युत प्राधिकरण, ट्रेड युनियन चोकबाट पूर्व एअरपोर्ट अगाडिको बाटो हुँदै भद्रपुर-धुलावारी मार्ग भएर गणेश मन्दिर, हस्पिटल मार्गबाट पुनः सगरमाथा चोकमै टुङ्गिने छ।
५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार महिला पुरुष दुवैलाई ३१ /३१ हजार , दोस्रो पुरस्कार २१ /२१ हजार,तेस्रोलाई ११/११ हजार, चौथो ५/५ हजार पाँचौ २/२ हजार,छैटौँ १५ सय र सातौंदेखि दशौसम्मका महिला पुरुष दुवैलाई १/१ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
As Zhao Ling spoke, he summoned two more jars of wine buy lasix online usa
VIP seviyesinde bir hizmet aldım. Özellikle Çankaya escort modelleri kendini çok belli ediyor. Teşekkürler AnkaraRusModel.
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.