भद्रपुर १, मङ्सिर / भद्रपुर भन्सार नाकामा क्वारेन्टाइनको सुविधा नहुँदा भारत तर्फको आयात निर्यात हुन नसकेको भन्दै झापाको भद्रपुरबाट जिल्ला प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ र नेपाल भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदिपमणि रेग्मीको हस्ताक्षरमा झापाका प्रमुख जिल्ला अधिकारी मार्फत कृषि मन्त्रालयका सचिवलाई सम्बोधन गरिएको ध्यानआकर्षण पत्र आज प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको हो।

भद्रपुर भन्सारको स्तरवृद्धि गरी निकासी पैठारी गर्न सक्ने कागजी व्यवस्था गरे पनि क्वारेन्टाइनको अभावमा निकासी पैठारी गर्न बाधा परेकाले हाललाई कम्तीमा काकरभिटाको क्वारेन्टाइन कार्यालयले नै हेर्ने गरी भए पनि क्वारेन्टाइन कोडको स्वीकृति प्रदान गर्न पत्रमा माग गरिएको छ।
नेपालको पुरानो औद्योगिक सहर भद्रपुरमा विगतमा मूल भन्सार नाका रहे पनि उत्तरबाट राजमार्ग निर्माण भएपछि भने काँकरभिटालाई मूल भन्सार र भद्रपुरलाई छोटी भन्सारमा रूपान्तरित गरिएको थियो। यता,भद्रपुरमा मेची पुल बनिसकेपछि भने छ-सात वर्षदेखि औपचारिकरूपमा भद्रपुर भन्सारको स्तर वृद्धि भएको छ भने गलगलिया कस्टमलाई पनि भारतीय पक्षबाट स्तर वृद्धि गरी निकासी पैठारी योग्य बनाइएको छ।

Thank you for the auspicious writeup It in fact was a amusement account it Look advanced to more added agreeable from you By the way how could we communicate
Your blog is a breath of fresh air in the crowded online space. I appreciate the unique perspective you bring to every topic you cover. Keep up the fantastic work!
amboseli holidays Lucy T. Dinner on the Bosphorus was unforgettable — lights, music, and the view! https://uk.trustpilot.com/review/travelshopbooking.com?page=2