भद्रपुर ११ कात्तिक /झण्डै दुई वर्ष वन्द रहेको सीमा नाका भद्रपुर खुलेको छ। भारतीय पक्षले डबल डोज खोप कार्ड वा ७२ घण्टे पिसिआर वा एन्टिजेन र राष्ट्रियता खुल्ने परिचयपत्र भएका मानिसलाई आवत जावतमा खुला गरेको हो। नेपाल सरकारले यस अघिनै नाका खुला गरे पनि भारतीय सरकारले नमान्दा औपचारिक आवागमन निषेध थियो। भद्रपुर सिमा नाकामा आवागमन खुल्ने तर मालसामान ढुवानी भने नगर्ने गरी नाका भारततर्फबाट खुलेको जानकारी प्राप्त भएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभएको छ। नाका खुले संगै मानिसहरू आउन जान थालेको तथा भद्रपुर नगरपालिकाकाले स्वास्थ्य मापदण्डको परिपालन हेतु हेल्थ डेस्क राख्ने तयारी भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। Post Views: 397 Post navigation पत्नी र छोरीलाई टोकेरै हत्या ! भद्रपुर गलगलिया नाकाबाट सवारी आवागमन शुरू
अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा २२ माघ २०८१, मंगलवार ०५:३८