• Fri. Oct 10th, 2025

भद्रपुर नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि ग्रीनफिल्ड स्कुल सोमबारेलाई

BySaptahik Samachar

२१ भाद्र २०८२, शनिबार १८:२९ २१ भाद्र २०८२, शनिबार १८:२९ २१ भाद्र २०८२, शनिबार १८:२९

भद्रपुर २१, भदौ। सोमवारे फुटवल मैदान भद्रपुर -१ मा भएको भद्रपुर नगरस्तरीय फुटवल प्रतियोगिताको उपाधि ग्रीन फिल्ड स्कुलले उचालेको छ। भद्रपुर-४ स्थित इस्ट पोइन्ट इङ्लीस स्कुलले आयोजना गरेको प्रतियोगिताको आजको फाइनल खेलमा विजेता ग्रीन फिल्डले प्रज्ञा एकाडेमीलाई १ शुन्यले परा‌जित गर्दै उपाधि उचालेको हो । नाइटिङ्गल क्लव भद्रपुरको रेखदेखमा रहेको सो मैदानमा हिजो र आज अन्तर विद्यालय फुटबल प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा भद्रपुर नगरक्षेत्रका मावि तहका १० वटा संस्थागत विद्यालयहरु सह‌भागी थिए।
   यस अघि आज विहान भएको पहिलो सेमिफाइनल खेलमा होलिल्याण्डलाई १ शुन्यले हराएर ग्रीन फिल्ड फाइनलमा पुगेको थियो भने विभूतिलाई हराएर प्रज्ञा एकाडेमीले फाइनल यात्रा तय गरेको थियो ।आजै भएको प्रतियोगितामा विभू‌तिलाई हराएर होलिल्याण्डले तेस्रो स्थान सुरक्षित गरेको ग्यालेक्सीका सहायक प्रधानाध्यापक विवेक चम्लागाईले जानकारी दिनुभयो ।

   प्रतियोगितामा मेन अफ दि म्याच र  मेन अफ दि टुर्नामेन्टको पुरस्कार विजेता स्कूल ग्रीन‌फिल्डका प्रणय लिम्बू र लेके साङ गुरुङले जिते। त्यस्तै, बेस्ट गोलकिपर उपविजेता विद्यालय प्रज्ञाका प्रतीक पाँचकोटी र हाइस्कोररको पुरस्कार ६ गोल गर्ने होलिल्यान्डका लिङ्तेप भुजेलले हात पारे ।

आयोजक विद्यालयका संचालक राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोख्रेल, वडाध्यक्षहरू रामप्रसाद अधिकारी, र रामबहादुर कडेल लगायत विशिष्ट व्यक्तिले विजेता उपविजेता विद्यालय तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

3 thoughts on “भद्रपुर नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि ग्रीनफिल्ड स्कुल सोमबारेलाई”
  1. I’m not sure why but this weblog is loading incredibly slow for me. Is anyone else having this problem or is it a problem on my end? I’ll check back later on and see if the problem still exists.

Leave a Reply

Your email address will not be published. Required fields are marked *