• Sun. Jun 1st, 2025

भद्रपुर नगरपालिकाद्वारा पत्रकार र खेलाडी सम्मानित

BySaptahik Samachar

२३ फाल्गुन २०८०, बुधबार १८:०२ २३ फाल्गुन २०८०, बुधबार १८:०२ २३ फाल्गुन २०८०, बुधबार १८:०२

भद्रपुर २३,फागुन / भद्रपुर नगरपालिकाले पत्रकार र खेलाडीलाई सम्मान गरेको छ। नगर सभाको १३ औं अधिवेशनका अवसरमा अग्रज पत्रकारद्वय नकुल काजी र गोविन्दचन्द्र क्षेत्रीलाई पहिलो पटक दीर्घ सेवा सम्मान, पत्रकारद्वय दिपक अधिकारी र लेखनाथ परदेशीलाई विकास पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारद्वय रेवतीराज घिमिरे र इशा प्रधानलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो।
दीर्घ सेवीको सम्मानमा दोसल्ला र खादासहित नगद रू.३० हजार समर्पण गरिएको थियो भने विकास पत्रकारिताको रू.१५ हजार र प्रोत्साहन पुरस्कारको रकम १० हजार सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो। त्यसैगरी, सम्मानित हुने भारोत्तोलन खेलाडीहरू भद्रपुर – ५ की सोनीदेवी दास, भद्रपुर – ७ की मेनुका पौडेल र प्रशिध्दभक्त राजलवट छन् भने क्रिकेट खेलाडी भद्रपुर – ८ का अंकित सुवेदी छन्। खेलाडी प्रत्येकलाई नगद रू २१ हजार, सम्मान – पत्र र दोसल्ला प्रदान गरिएको थियो।

भद्रपुर नगरपालिकाको सभा हलमा सञ्चालित अधिवेशनकै वीचमा वितरण गरिएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता नगर प्रमुख गणेश पोखरेलले गर्नुभएको थियो। नेपाल पत्रकार महासंघका झापा अध्यक्ष एकराज गिरी र सम्मानित व्यक्तित्व नकुल काजीले मन्तव्य राखेको कार्यक्रममा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सम्मान पत्र, खादा र चेक हस्तान्तरण गर्नुभएको थियो।

विगत दुई वर्षदेखि स्थगित भएको यो पुरस्कार प्रेस क्लब भद्रपुरको समन्वयमा भद्रपुर नगरपालिकाले यो वर्ष स्थगित दुई वर्षकै प्रदान गरेको प्रेस क्लब भद्रपुरका अध्यक्ष राजवावु शंकरले बताउनुभयो।

107 thoughts on “भद्रपुर नगरपालिकाद्वारा पत्रकार र खेलाडी सम्मानित”
  1. Предлагаем вашему вниманию интересную справочную статью, в которой собраны ключевые моменты и нюансы по актуальным вопросам. Эта информация будет полезна как для профессионалов, так и для тех, кто только начинает изучать тему. Узнайте ответы на важные вопросы и расширьте свои знания!
    Детальнее – https://medalkoblog.ru/

Leave a Reply to WalterVef Cancel reply

Your email address will not be published. Required fields are marked *