• Fri. Dec 5th, 2025

महिलाहरूलाई सीप सिकाएर रोजगार बनाउने भद्रपुर नगरपालिकाको अभियान

BySaptahik Samachar

२९ फाल्गुन २०८०, मंगलवार १४:१९ २९ फाल्गुन २०८०, मंगलवार १४:१९ २९ फाल्गुन २०८०, मंगलवार १४:१९

२३० महिलालाई धूप बनाउने तालिम सम्पन्न

भद्रपुर २९,फागुन / नगर क्षेत्रका बेरोजगार महिलाहरूलाई रोजगार बनाउने उद्देश्य राखेर भद्रपुर नगरपालिकाले सीपमूलक तालिमलाई अभियानकै रुपमा अघि बढाएको छ ।   सो अभियान अन्तरगत नगरपालिकाको सामाजिक विकास शाखाले १० वटा वडामध्ये ६ वटा वडामा एकै पटक महिलाहरूको सीप विकास सम्बन्धी बाटेको (कपुर) धूप बनाउने तालिम दिइएको छ । 

शाखाले वडा नम्बर ४, ५, ६, ७, ९ र १० नम्बर वडाका २३० महिलालाई धूप बनाउने तालिम दिएको शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।  वडा नम्बर ५ बाट तीन दिने तालिमको शुभारम्भ गरी सोमबार वडा नम्बर ४ मा एक कार्यक्रमका बीच तालिमको समापन गरिएको थियो । वडा नम्बर ४ का ३५ जना महिलालाई प्रशिक्षक अनिता महतो तामाङले तालिम दिएको जनाइएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले भन्नुभयो , ‘मठमन्दिरमा पूजा अर्चना गर्न जाँदा धूप बालिन्छ, हामी धूप किनेर बाल्छौँ, धूपलाई घरमै बनाएर खर्च बचत गर्नुका साथै आम्दानीको स्रोत बनाउने उद्देश्यले यस तालिमलाई नगरभरि अभियानकै रुपमा सञ्चालन गरेका छौँ ।’ 

‘तालिम लिएर त्यतिकै नबस्नुहोस्, नगरको बजेटलाई बालुवामा पानी हाले जस्तो नबनाउनुहोस्,’ नगर प्रमुख पोखरेलले भन्नुभयो , ‘यसलाई व्यवहारमा उतारेर आम्दानीको स्रोत बनाउन अग्रसर हुनुहोस् ।’ भोलिका दिनमा व्यावसायिक रुपमा घरेलु उत्पादित सामग्रीहरूलाई बजार व्यवस्थापनमा सहयोग पुर्‍याउने र त्यसका लागि नगरपालिकाले कार्य योजना बनाइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै,४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशीले यस्ता तालिमहरू धेरै दिइए पनि तालिम लिइसके पश्चात् त्यसलाई जीविकोपार्जनसँग जोडेर अघि नबढ्दा उपलब्धि हासिल नभएको औंल्याउनुभयो। तालिम लिएर व्यावसायिक रुपमा अघि बढेकालाई वडाले ती व्यक्ति वा समूहलाई जहिले सहयोग गर्दै आइरहेको उहाँको भनाई थियो ।

सहभागी विष्णुमाया चिमरियाले यस्तो तालिमले बेरोजगार महिलाका लागि आम्दानीको मुख्य स्रोत बन्न सक्ने बताउनुभयो भने अर्की सहभागी गोमाकुमारी राजवंशीले नगरपालिकाले यस्तो प्रकारको तालिम दिएर बेरोजगार महिलाहरूलाई रोजगारी सृजना गर्ने वातावरण बनाउँदै जानुपर्ने धारणा राख्नुभयो ।

वडा अध्यक्ष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य अर्जुन बानिया, प्रशिक्षक अनिता महतो तामाङ लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महिला विकास शाखाकी सञ्जु कोइरालाले राख्नुभएको थियो । यसैगरी नगरपालिकाले वडा नम्बर ८ का महिलाहरूलाई दुवो जडित माला र स्वयंम्बरका सामग्री बनाउने पाँच दिने तालिम पनि यस अघि नै सम्पन्न गरेको महिला विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो।  

164 thoughts on “महिलाहरूलाई सीप सिकाएर रोजगार बनाउने भद्रपुर नगरपालिकाको अभियान”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Эта статья предлагает уникальную подборку занимательных фактов и необычных историй, которые вы, возможно, не знали. Мы постараемся вдохновить ваше воображение и разнообразить ваш кругозор, погружая вас в мир, полный интересных открытий. Читайте и открывайте для себя новое!
    Подробнее можно узнать тут – https://vivod-iz-zapoya-1.ru/

Leave a Reply to Elektrokarniz_jxOa Cancel reply

Your email address will not be published. Required fields are marked *